दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
राजविराज कारागारभित्र रहेका महिला कैदीबन्दीहरूले मंगलबार तिज मनाएका छन् ।
तिज महोत्सव मुल समारोह समिति सप्तरीका सदस्य र अधिकारकर्मीहरूसँगै उहाँहरूले कारागारमा तिज मनाएका हुन् ।
कारागार पुगेका तिज महोत्सव समितिकी संयोजक पुनम पोखरेलले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तिजको दर मनाए । समितिले बिहीबार राजविराजमा मौलिक गीत, नृत्यसहितको प्रतियोगितात्मक तिज महोत्सव आयोजना गरेको छ ।
कारागारलाई सुधार केन्द्रका रूपमा लिदै भविष्यमा समाजमा पुनस्थापित हुने गतिविधिमा संलग्न हुन समितिका पदाधिकारीहरूले शुभकामना दिएका थिए । यस्ता कार्यक्रमले शुभकामना आदानप्रदानका साथै रचनात्मक क्रियाकलापमा प्रोत्साहन गर्ने र सकारात्मक भावनाको विकास गर्ने जेलर सुमन कोइरालाले बताए ।
कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेल, मनु खनाल, रन्जना चौधरी, रिया राय सञ्चेती लगायतको सहभागिता रहेको थियो ।
महिला कैदीबन्दीले मनाए तिज
सारांश
- तिज महोत्सव मुल समारोह समिति सप्तरीका सदस्य र अधिकारकर्मीहरूसँगै उहाँहरूले कारागारमा तिज मनाएका हुन् ।
- कारागार पुगेका तिज महोत्सव समितिकी संयोजक पुनम पोखरेलले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तिजको दर मनाए ।
- समितिले बिहीबार राजविराजमा मौलिक गीत, नृत्यसहितको प्रतियोगितात्मक तिज महोत्सव आयोजना गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया