एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु

राजविराज राजविराज
|
सोमबार, आश्विन २१, २०८१
|
|
८२ पटक हेरिएको
Shares
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु

सारांश

  •     जिल्लाको राजगढ गाउँपालिका वडा नं.
  • ४ बेल्ही चपेनास्थित लवटोलियाका वासिन्दाहरु पनि सडकका लागि जग्गा छाड्ने विषयमा वर्षौदेखी विवाद गर्दै आइरहेका थिए ।
  • जसकारण लामो समयदेखी सवारी आवागमन र पैदल आउजाउमा समेत समस्या झेलिरहेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ असोज ।

    बाटोमा जग्गा दिने विषयलाई लिएर हुने गरेको विवाद वर्षौ दिनसम्म चल्ने गरेको उदाहरण प्रसस्तै देख्न र सुन्न पाइन्छ । विवाद समाधान भएपनि त्यस कार्यलाई कार्यान्वयन गर्न अझै केही समय लाग्छ । तर, सप्तरीमा भने एउटा नौलो उदाहरण बनेको छ । 
    जिल्लाको राजगढ गाउँपालिका वडा नं. ४ बेल्ही चपेनास्थित लवटोलियाका वासिन्दाहरु पनि सडकका लागि जग्गा छाड्ने विषयमा वर्षौदेखी विवाद गर्दै आइरहेका थिए । जसकारण लामो समयदेखी सवारी आवागमन र पैदल आउजाउमा समेत समस्या झेलिरहेका थिए ।
    सोमबार गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, वडाअध्यक्ष अशोक साह, समाजसेवाी तथा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डल र स्थानीय भरभलादमीको पहलमा विवादित स्थानको विवाद समाधान गर्दै सोही दिन शिलान्यासदेखी सडक निर्माणको कार्य समेत सुरु गरिएको छ । 
    उक्त टोलमा ४५ घरधुरी परिवारको बसोवास छ । टोलवासीले लामो समयदेखी आउजाउमा समस्या भएको भन्दै सडक निर्माणको माग गर्दै आएका थिए । तर दुई पक्षले आ–आफ्नो नम्बरी जग्गा भएको दाबीका साथ उक्त जग्गाको ५० मिटरजतिको भागमा टाटी लगाएर घेरवार नै गरेपछी सडक बनाउन समस्या भएको थियो । 
    गउँपालिका अध्यक्ष मण्डलसहितको टोलीले दुबै पक्षलाई राखी सार्वजनिक महत्वको काममा अवरोध नगरि सहयोग गर्न आग्रह गरेपछि विवाद गर्दै आएका दुबै पक्षले सहमति जनाउँदै उक्त जग्गाबाट घेरबार गरिएका टाटीहरु हटाएका छन् । 
    सहमति भए लगत्तै गाउँपालिका अध्यक्ष मण्डलले उक्त स्थानमा चार मिटर चौडाई र पाँच सय मिटर लम्बाईको सडक निर्माणको शिलान्यास समेत गरेका छन् । शिलान्याससँगै सडकको निर्माण कार्य पनि सोमबारदेखी नै सुरु भएको छ । 
    सडक निर्माण भएपछी उक्त टोलका मात्र नभई आसपासका टोलका वासिन्दा समेत लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको  अध्यक्षमा पाण्डे निर्विरोध चयन
पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको  अध्यक्षमा पाण्डे निर्विरोध चयन
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित
मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित