दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरीको बरमझियामा जारी प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता अन्र्तगत शुक्रवारको खेलमा लहानलाई हराउदै सर्लाही ११ फाईनलमा प्रवेश गरेको छ ।
हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा आयोजित उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न खेलको पहिलो हापमा सर्लाही जर्सी नं. १६ का भरत चौधरीले १० औंं मिनेटमा गोल गरेका थिए भने २९ औं मिनेटमा सोही जर्सीका चौधरीले अर्को गोल गरेका थिए ।
यस्तै दोश्रो हापमा २५ औं मिनटमा लहान ११ जर्सी नं. ७ का सिद्धात हमाल ठकुरीले एक गोल मात्र गर्न सफल भएका थिए ।
सम्पन्न खेलमा सर्लाही ११ जर्सी नं. १६ का भरत चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् । उनलाई सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरका अध्यक्ष अनोज यादवले शिल्ड हस्तान्तरण गरेका थिए भने माँ दुर्गा ज्वेलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तरगर्त शनिवारको दोश्रो सेमीफाईनल खेल केही प्राविधिक कारणले स्थगित गरि सो खेललाई आईतवार निर्धारित समयमा महोत्तरी ११ र पर्सा ११ बीच खेल हुने हिरोज स्पोटिङ क्लब बरमझियाका अध्यक्ष विजय चौधरी जानकारी दिएका छन्् ।
प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको अवलोकित दैनिक मिडिया पार्टनरको भुमिका निभाइरहेका छन ।
लहानलाई हराउँदै सर्लाही ११ फाईनलमा
सारांश
- हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा आयोजित उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न खेलको पहिलो हापमा सर्लाही जर्सी नं.
- १६ का भरत चौधरीले १० औंं मिनेटमा गोल गरेका थिए भने २९ औं मिनेटमा सोही जर्सीका चौधरीले अर्को गोल गरेका थिए ।
- यस्तै दोश्रो हापमा २५ औं मिनटमा लहान ११ जर्सी नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया