तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, भाद्र ११, २०८३
|
|
२१८ पटक हेरिएको
Shares
तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन

सारांश

  • सो पालिका वडा नं.
  • २ लौनियाका प्रेमकुमार मण्डल, रामकृष्ण मण्डल, नवलकुमार मण्डल र जितेन्द्र कुमार मण्डल तथा वडा नं.
  • ६ का अशोक कुमार मण्डल परिवारको सम्पर्कमा आएको गाउँपालिकाका विपद सम्पर्क ब्यक्ति राजेश कुमार झाले जानकारी दिएका छन् ।
दैनिक समाचारदाता
राजविराज, ११ भदौ । 
बुधबार बिहान भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कबिहीन रहेका मध्येबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पाँच जना परिवारको सम्पर्कमा आएका छन् भने तीन जना अझै सम्पर्कबिहीन छन् ।
सो पालिका वडा नं. २ लौनियाका प्रेमकुमार मण्डल, रामकृष्ण मण्डल, नवलकुमार मण्डल र जितेन्द्र कुमार मण्डल तथा वडा नं. ६ का अशोक कुमार मण्डल परिवारको सम्पर्कमा आएको गाउँपालिकाका विपद सम्पर्क ब्यक्ति राजेश कुमार झाले जानकारी दिएका छन् ।
यस्तै वडा नं. २ लौनियाका दिलीपकुमार मण्डल र मनिषकुमार मण्डल तथा वडा नं. ४ कोइलाडीका संजय साह अझै सम्पर्कविहिन रहेको परिवारजनले जनाएका छन् ।
कामको लागि प्रभावित क्षेत्रहरुमा गएका तथा हाल सम्म आफ्नो परिवार वा आफन्तको सम्पर्कमा आउन नसकेका ब्यक्तिहरुको बारेमा जानकारी प्राप्त गर्न आवश्यक भएकोले त्यस्ता ब्यक्तिका परिवारजन तथा आफन्तहरुले यस गाउँपालिकामा सम्पर्क गरी आवश्यक जानकारी उपलब्ध गराईदिनु गाउँपालिकाले सूचना जारी गरी अनुरोध गरेको समेत विपद सम्पर्क ब्यक्ति झाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले विध्वंशकारी बाढीको चपेटमा परि ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यस विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सबै पक्ष आआफ्नो ठाउँबाट लाग्नुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै बाढीका कारण हराईरहेका तथा सम्पर्कविहिन भएकाहरुको खोजीकार्यमा समेत सबै पक्षलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा, समाजवादी सरकारमा  आगमन र बर्हिगमनका सवालहरु ? 
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
क्याम्पसको हरित पार्कमा आगलागि
क्याम्पसको हरित पार्कमा आगलागि
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
सउबा संघद्वारा पत्रकार महासंघलाई  मास्क र सेनिटाइजर प्रदान
सउबा संघद्वारा पत्रकार महासंघलाई  मास्क र सेनिटाइजर प्रदान
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो

छुटाउनुभयो कि ?