प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 

राजविराज राजविराज
|
सोमबार, आषाढ ९, २०७६
|
|
६९ पटक हेरिएको
Shares
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 

सारांश

  •     प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको संयोजनमा आइतबार सप्तरीको मलेठबाट उक्त भैसी वितरण गर्दै कार्यक्रमको सुरुवात गरेको हो ।
  •       २०६२ सालदेखी भएको विभिन्न समयका आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारलाई आयश्रोत जुटाउन मद्दत पु¥याउने उद्देश्यले प्रदेश २ सरकारकारले ल्याएको योजना अनुरुप सप्तरीका १८ जना सहिद परिवार तथा १६ जना घाइते परिवारलाई नगद ३० हजारसहित एक÷एक थान उन्नत जातका भैसी प्रदान गरिएको हो ।
  •       दैनिक १० देखी १२ लिटरसम्म दुध दिने उक्त उन्नत जातका भैसीको रेखदेख, गोठ निर्माण, औषधी र आहाराका लागि नगद ३० हजार समेत प्रदान गरिएको मन्त्रालयका सचिव बिजयकान्त झाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
     प्रदेश २ सरकारले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारजन तथा घाइते भएकाहरुलाई आयश्रोत जुटाउन तथा जिविकोपार्जनका लागि एक थान उन्नत जातका दुधालु भैसी वितरण गरेको छ । 
    प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको संयोजनमा आइतबार सप्तरीको मलेठबाट उक्त भैसी वितरण गर्दै कार्यक्रमको सुरुवात गरेको हो । 
    २०६२ सालदेखी भएको विभिन्न समयका आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारलाई आयश्रोत जुटाउन मद्दत पु¥याउने उद्देश्यले प्रदेश २ सरकारकारले ल्याएको योजना अनुरुप सप्तरीका १८ जना सहिद परिवार तथा १६ जना घाइते परिवारलाई नगद ३० हजारसहित एक÷एक थान उन्नत जातका भैसी प्रदान गरिएको हो । 
    दैनिक १० देखी १२ लिटरसम्म दुध दिने उक्त उन्नत जातका भैसीको रेखदेख, गोठ निर्माण, औषधी र आहाराका लागि नगद ३० हजार समेत प्रदान गरिएको मन्त्रालयका सचिव बिजयकान्त झाले जानकारी दिएका छन् । 
    उक्त भैसी बितरण कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले सहिदहरुको सम्मान गर्दै उनीहरुको परिवारको लालनपालनका लागि  निम्ति प्रदेश सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् । 
    उनले प्रदेश सरकार सहिद परिवारका एक जनालाई रोजगारीको अवसर प्रदान गरेको तथा निकट भविष्यमा उनीहरुको बालबालिकाहरुलाई विशेष छात्रबृति दिने जानकारी दिए । सहिदहरुको बलिदानीकै कारण प्रदेश सरकार गठन भएको उल्लेख गर्दै मन्त्री साहले आन्दोलनका क्रममा सहिद भएका परिवार र घाइतेहरुलाई प्रदेश सरकार अभिभावक बनेर जिविकोपार्जन गर्ने बताए । 
    प्रदेश २ सरकारले आठवटै जिल्लाका ५८ जना सहिद भएका परिवारजन तथा ६४ जना आन्दोलनका क्रममा घाइते भएका गरि १ सय २२ जनालाई भैसी प्रदान गरिने मन्त्रालयका सचिव झाले जानकारी दिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
सरस्वती पुजा धुमधामका साथ मनाईयो
सरस्वती पुजा धुमधामका साथ मनाईयो
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
बलात्कारका केही घटना झुठो भएको खुलासा
बलात्कारका केही घटना झुठो भएको खुलासा
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन