धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 

राजविराज राजविराज
|
बुधबार, आश्विन २२, २०८२
|
|
४८ पटक हेरिएको
Shares
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 

सारांश

  •     मंगलबार बिहान राजदेवी–पडरीया सडकको मुख्य चौक नजिकै खाली रहेको सार्वजनिक जग्गामा दिपावलीको अवसर पारेर लक्ष्मी पूजा मनाउने तयारी गर्ने क्रममा अर्को समुदायले अवरोध पु¥याउन खोजेपछि उक्त विवाद भएको हो ।
  •       एक पक्षले सार्वजनिक जग्गा भएकाले धार्मिक कार्यक्रम गर्न अवरोध गर्नुको औचित्य नभएको भनि रहदा अर्को पक्षले उक्त स्थल आपूmहरुको रंन (दाहा मेला गर्ने स्थल) रहेको दाबी गर्दै आएका छन् ।
  •       बिहान ११ बजे तिर वडा २ स्थित गुलाव ग्यारेज छेउमै रहेको उक्त जग्गामा लक्ष्मी पुजाको लागि एक समुदायले झण्डा गाडेपछि अर्को समुदायले अबरोधको प्रयास गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ असोज । 

    राजविराज नगरपालिका २ स्थित गुलाव ग्यारेज नजिकै दुई समुदाय बीच धार्मिक कार्यक्रमको विषयलाई लिएर मंगलबार विवाद उत्पन्न भएको छ । 
    मंगलबार बिहान राजदेवी–पडरीया सडकको मुख्य चौक नजिकै खाली रहेको सार्वजनिक जग्गामा दिपावलीको अवसर पारेर लक्ष्मी पूजा मनाउने तयारी गर्ने क्रममा अर्को समुदायले अवरोध पु¥याउन खोजेपछि उक्त विवाद भएको हो । 
    एक पक्षले सार्वजनिक जग्गा भएकाले धार्मिक कार्यक्रम गर्न अवरोध गर्नुको औचित्य नभएको भनि रहदा अर्को पक्षले उक्त स्थल आपूmहरुको रंन (दाहा मेला गर्ने स्थल) रहेको दाबी गर्दै आएका छन् । 
    बिहान ११ बजे तिर वडा २ स्थित गुलाव ग्यारेज छेउमै रहेको उक्त जग्गामा लक्ष्मी पुजाको लागि एक समुदायले झण्डा गाडेपछि अर्को समुदायले अबरोधको प्रयास गरेका थिए । अवरोध गर्ने समुदायले मोहर्रमका बेला आपूmहरु सोही स्थानमा दाहा मेलाको आयोजना गर्दै आएकोले अर्कै ठाउँमा लक्ष्मी पूजा गर्नुपर्ने अडान लिएपछि विवाद सुरु भएको थियो ।
    यसरी दुई समुदायले आ–आफ्नो अडान कायम राख्दा झडप हुने स्थिती देखिएपछि ठुलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले समान्य बलको प्रयोग समेत गरेको थियो । 
    तीन महिना अघि पनि उक्त जग्गामा धार्मिक कार्यक्रम र संरचना निर्माणको विषयलाई लिएर दुई समुदाय बीच तनाव उत्पन्न भएको थियो । त्यति बेला सर्वदलिय बैठकबाट गरिएको निर्णयको पालना नहुदाँ अहिले आएर पुनः विवाद चर्किएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
बाबा गणिनाथको मन्दिर निर्माण
बाबा गणिनाथको मन्दिर निर्माण
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न
बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो
तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सप्तकोशीका नगर प्रमुख उत्तम गौतमबिरुद्ध पक्राउ पूर्जी जारी