६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ

राजविराज राजविराज
|
सोमबार, भाद्र १६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा राजविराज वडा नं.
  • २ घर भएका ४८ वर्षिय पंचदेव यादव रहेका छन् ।
  • प्रहरीले राजदेवी चौकमा आइतबार साँझ चेकजाँच गर्ने क्रममा ६ सय ३ थान विभिन्न प्रकारका लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, १६ भदौं । 
    सप्तरी सदरमुकाम राजविराजबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा राजविराज वडा नं. २ घर भएका ४८ वर्षिय पंचदेव यादव रहेका छन् । प्रहरीले राजदेवी चौकमा आइतबार साँझ चेकजाँच गर्ने क्रममा ६ सय ३ थान विभिन्न प्रकारका लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । 
    पक्राउ परेका यादवसँग प्रहरीले स्पामोप्रोक्सयोभन क्याप्सुल १ सय ५६ थान, निट्राजेपाम आरनिट ट्याब्लेट ८९ थान, निट्राजेपाम नाइट्राभेट ६५ थान, निट्राजेपाम निस्ट्रोसन १ सय ४६ थान, डाइजेपाम इन्जेक्सन ५० थान, लुपिजेस इन्जेक्सन ४५ थान, फेनेरगन इन्जेक्सन ५० थान र डाइलेक्स डिसी २ बोतल गरि ६ सय ३ थान विभिन्न लागुऔषध बरामद गरेको जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गरि पक्राउ परेका यादवलाई सार्वजनिक गरेको हो । यादवले समेत सो लागु औषध सेवन गरि हिडिरहेको अवस्थामा शंका लाग्दा उनीहसँग रहेको झोला चेकजाच गरेपछि उक्त मात्राको लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिए । 
    पक्राउ परेका यादवलाई सोमबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइ थप अनुसन्धान सुरु गरिएको उनले जानकारी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिकाको विवाद समाधान गरि जनताको सेवा सूचारु गर्नेतर्फ ध्यान दिनुपर्छ ः निलम्बित मेयर 
नगरपालिकाको विवाद समाधान गरि जनताको सेवा सूचारु गर्नेतर्फ ध्यान दिनुपर्छ ः निलम्बित मेयर 
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने
दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली