दैनिक समाचरादाता
राजविराज, २७ माघ ।
तिलाठी कोइलाडी गाउँपालिकाले सोमबार दादुरा रुबेला सम्बन्धी गाउँपालिका स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष सतिश कुमार सिंहको उपस्थितिमा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई दादुरा रुबेला खोप र ५ बर्षमुनीकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।
उक्त दादुरा रुबेला कार्यक्रम सम्पन्न गर्न बालबालिकाहरुलाई खोप केन्द्रसम्म ल्याउन प्रेरित गर्न महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई तालिम समेत प्रदान गरिएको स्वास्थ्य शाखाका प्रमुख शैलेश कुमार मिश्रले जानकारी दिए ।
मिजल्स भाइरसका कारण लाग्ने दादुरा रोग बालमृत्यु हुने प्रमुख कारणको रुपमा रहेको अधिकृत झाले बताए । गाउँपालिकाभरिका गरी ४ हजार ३ सय ३२ जना ९ महिनादेखि ५ बर्षसम्मका र ५ हजार २ सय ६८ जना पाँच बर्षमुनीका बालबालिकालाई पोलियो थोपा खुवाइने उनले बताए ।
अभिमुखीकरण कार्यक्रम समापन गर्दै गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले कुनै पनि बालबालिका खोप पाउनबाट वञ्चित नहुने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए ।
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
सारांश
- गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष सतिश कुमार सिंहको उपस्थितिमा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई दादुरा रुबेला खोप र ५ बर्षमुनीकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।
- उक्त दादुरा रुबेला कार्यक्रम सम्पन्न गर्न बालबालिकाहरुलाई खोप केन्द्रसम्म ल्याउन प्रेरित गर्न महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई तालिम समेत प्रदान गरिएको स्वास्थ्य शाखाका प्रमुख शैलेश कुमार मिश्रले जानकारी दिए ।
- मिजल्स भाइरसका कारण लाग्ने दादुरा रोग बालमृत्यु हुने प्रमुख कारणको रुपमा रहेको अधिकृत झाले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया