गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या

राजविराज राजविराज
|
बिहिबार, जेठ २९, २०८२
|
|
४८ पटक हेरिएको
Shares
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या

सारांश

  •     बुधवार सप्तरीको हनुमाननगर कंकालिननी नगरपालिका २ की २० वर्षिया सनिसा कुमारी खङ्गलाई सोही वडा निवासी उनका प्रेमि का बुवा परमेश्वर खङ्ग र आमा झुलपुृmल देवीले कुटपीट गर्दै जबरजस्ती विषादी खुवाएर उनको भ्रुण हत्या गरेका हुन ।
  •     उनको पेटमा सोही वडा निवासी २३ वर्षिय प्रेमी शिवजी खङ्गको चार महिनाको गर्भ रहेको सनिसाका परिवारजनको भनाई छ ।
  • यसरी जबरजस्ती छोरीलाई विषादी खुवाएपछि उनको चार महिनाको गर्भ तुहिएको र छोरी अवस्था समेत चिन्ताजनक रहेको आमा सतनी देवी सुनाईन ।

दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।

    यहाँ एक युवतीले गर्भ फाल्न नमानेपछी उनका प्रेमि का आमा वुवाले विषादी खुवाएर भ्रण हत्या गरेका छन । 
    बुधवार सप्तरीको हनुमाननगर कंकालिननी नगरपालिका २ की २० वर्षिया सनिसा कुमारी खङ्गलाई सोही वडा निवासी उनका प्रेमि का बुवा परमेश्वर खङ्ग र आमा झुलपुृmल देवीले कुटपीट गर्दै जबरजस्ती विषादी खुवाएर उनको भ्रुण हत्या गरेका हुन ।
    उनको पेटमा सोही वडा निवासी २३ वर्षिय प्रेमी शिवजी खङ्गको चार महिनाको गर्भ रहेको सनिसाका परिवारजनको भनाई छ । यसरी जबरजस्ती छोरीलाई विषादी खुवाएपछि उनको चार महिनाको गर्भ तुहिएको र छोरी अवस्था समेत चिन्ताजनक रहेको आमा सतनी देवी सुनाईन । 
    “विहान ४ बजेतीर निदाईरहेका वेला अचानक आईपुगेका प्रेमी शिवजीका आमा वुवाले हात, खुट्टा, घाँटी समाति लछार पछार गर्दै   जबरजस्ती ४÷५ वटा ट्याब्लेट मुखमा कोचे, स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा वेड नं.२६ मा उपचार गराइरहेकी सनिसाले भनिन( त्यस पछी  म बेहोस भए ।”
    प्रहरीको सहयोगमा अस्पताल आइपुगेकी सनिसाको स्वास्थय परिक्षण गर्दा गर्भमा रहेको बच्चा तुहिएको पाइएको र विषादीको प्रभावले त्यस्तो हुन गएको चिकित्सकहरुले बताएका छन ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले उक्त अपराधका आरोपी परमेश्वर खंग र झुलफुल देवीलाई बुधवार नै पक्राउ गरीएको जानकारी दिए । उनले पक्राउ परेका खंग दम्पतीमाथी कुटपीट तथा भु्रण हत्या सम्बन्धि मुद्दा चलाइने जनाएका छन ।
    यसअघि विवाहको प्रलोभन देखाई आफुसंग पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी हाल फरार भएको भन्दै सनिसाले प्रहरीमा निवेदन समेत दिएकी थिइन । 
    गाउँघरमा भएको पंचायतीको निर्णय समेत पालना नगरी शिवजी फरार भएपछि न्यायका लागि सदरमुकाम राजविराज उनी धाउँदै गरेकी थिइन । 
    हाल कक्षा १२ उत्तिर्ण गरेकी सनिसा कक्षा १० मै पढदै गरेका बेला शिवजी संग प्रेम सम्बन्धमा जोडिन पुगेको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेकी थिईन । 
    प्रहरीमा उजरी परेपछी स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा उनको स्वास्थ्य परीक्षण गराउँदा उनी ४ महिनाको गर्भ बोकेको रिपोर्टले समेत देखाएको थियो । २०८२ बैशाख १४ गते उनी २० बर्ष पार गरि २१ औं बर्षमा प्रवेश गरेकी छिन् । कानुनी व्यवस्था अनुसार उनको विहे गर्ने उमेर पनि पुगिसकेको छ । 
    घट्ना सार्वजनिक र चर्किदै गएपछि गाउँमा गत २०८१ चैत्र १२ गते पंचायती समेत बसेको थियो । जसमा दुवै पक्षका अभिभावक, भरभलादमी र प्रहरीको उपस्थितिमा शिवजीले सनिसाको उमेर पुगेपछि विहे गर्ने लिखित कबूल गरेका थिए  तर, अहिले आएर शिवजीले बोली फेरेको र छाडेर भागेको सनिसाको दुखेसो छ । 
    अहिले शिवजीले बिहे गर्न अस्विकार गरेको र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरे पछि आफु प्रहरी शरणमा पुग्दा पहरी कै सहयोगमा शिवजीको घरमा वसीरहेका बेला यस्तो घटना भएको उनको भनाई छ । समाजमा यस्तो प्रवृति मौलाउदै गएकोमा स्थानीयले चिन्ता ब्यक्त गर्दै सरोकारवाला निकाय यसतर्फ गम्भीर हुनु पर्नेमा जोड दिएका छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
८ बुँदे माग राख्दै कानुन व्यवसायीद्वारा  एक हप्ते दवाबमूलक अभियान सुरु
८ बुँदे माग राख्दै कानुन व्यवसायीद्वारा  एक हप्ते दवाबमूलक अभियान सुरु
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता