दैनिक समाचारदाता
जनकपुर, १० मंसिर ।
प्रदेश २ को सरकारको सोमबार बसेको प्रदेशसभा बैठकले ‘प्रदेश नं. २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५’ बहुमतले पारित गरेको छ ।
प्रदेश सरकारले ल्याएको कर्मचारी भर्ना सम्बन्धी ऐनप्रति प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीको अहसमति रह्यो भने अर्का प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेको हो । यसअघि पनि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउँदा नेकपाले विरोध जनाएको थियो ।
यसैगरी, प्रदेशसभाको बैठकले भौतिक योजना तथा विकास मन्त्रालयअन्तर्गत प्रादेशिक विद्युतसम्बन्धी ऐन २०७५ पनि पारित गरेको हो । प्रदेशसभामा निर्णायार्थ पेश गरिएको विधेयकको विपक्षमा नेकपा उभिए पनि नेपाली काँग्रेस विधेयक प्रति समर्थन जनाएको छ ।
यस अघि विधेयकमाथि उठेको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री लालबाबु राउतले करार सम्बन्धि विधेयक रहर नभएर बाध्यता रहेको बताए ।
कर्मचारी अभावमा आर्थिक वर्षको प्रथम चौमासिक बितिसक्दा पनि बजेट खर्च हुन नसकेको जिकिर उनले अगामी दिनमा हुन सक्ने थप संकटलाई टार्न विधेयक ल्याउनु परेको जवाव दिएका हुन् ।
संघीयता प्रति अपनत्व भएका युवाहरु प्रशासनमा नआए सम्म संघीयता कार्यान्वयन नहुने उल्लेख गर्दै उनले प्रदेश सरकारले गर्ने युवाहरुकोभर्ना संघीयतालाई बलियो बनाउन थप मदत पुग्ने विश्वास व्यक्त गरे ।
यो एने पारित भएपछि अब प्रदेश सरकारले आफ्नो कर्मचारी भर्ना गर्ने भएको छ । केन्द्रबाट कर्मचारी नपठाएको भन्दै बेलाबेलामा गुनासो पोख्दै आएको प्रदेश २ को सरकारले अन्ततः आफ्नै कर्मचारी भर्ना गरेर काम गर्ने भएको छ ।
कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५ बहुमतले पारित
सारांश
- प्रदेश सरकारले ल्याएको कर्मचारी भर्ना सम्बन्धी ऐनप्रति प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीको अहसमति रह्यो भने अर्का प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेको हो ।
- यसअघि पनि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउँदा नेकपाले विरोध जनाएको थियो ।
- यसैगरी, प्रदेशसभाको बैठकले भौतिक योजना तथा विकास मन्त्रालयअन्तर्गत प्रादेशिक विद्युतसम्बन्धी ऐन २०७५ पनि पारित गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया