दुई देशको नागरिकता लिएको आरोपमा डाक्नेश्वरीका  उपप्रमुख र उनका पति बिरुद्ध पक्राउ पूर्जी जारी

राजविराज राजविराज
|
मंगलबार, आषाढ १९, २०८०
|
|
५८ पटक हेरिएको
Shares
दुई देशको नागरिकता लिएको आरोपमा डाक्नेश्वरीका  उपप्रमुख र उनका पति बिरुद्ध पक्राउ पूर्जी जारी

सारांश

  •     उनीहरु दुबै जना बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि पक्राउ पूर्जी जारि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिदै दुबै जनाको खोजतलास सुरु गरिएको बताए ।
  •       डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलाशमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधिसद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।
  •     परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १९ असार । 

    नेपाल र भारतका गरि दुई देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्र कुमार यादव बिरुद्ध पक्राउ पूर्जी जारि गरिएको छ । 
    उनीहरु दुबै जना बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि पक्राउ पूर्जी जारि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिदै दुबै जनाको खोजतलास सुरु गरिएको बताए । 
    डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलाशमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधिसद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।
    परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो । कृष्णाले भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।
    उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । 
    भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए
सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक