दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले निषेधित पटाकाहरु बरामद गरेको छ । दिपावाली र छठ पर्वका लागि भण्डारण गरि राखेको अवस्थामा उक्त निषेधित पटाकाहरु बरामद गरेको हो ।
प्रहरीले राजविराज नगरपालिका वडा नं. ७ भुतनाथ मन्दिरस्थित छेउमा रहेको भवन भित्र निषेधित पटका लुकाई छिपाई राखेको छ सूचनाको आधारमा सोमबार पाटाकाहरु बरामद गरेको जनाएको छ ।
प्रहरी टोलीले उक्त भवन भित्र निषेधित पटाकाहरु स्पाइनर लेखिएको ३ प्याकेट, कोरएयर लेखिएको १२ प्याकेट, फुलझरी ठुलो १ प्याकेट, सानो १ प्याकेट, ड्रोन लेखिएको २ प्याकेट, सोवर्स लेखिएको ६ प्याकेट, ब्लाक सेरपेन्टस लेखिएको २ प्याकेट, रेड स्पार्कलर्स लेखिएको १५ प्याकेट, ककको लेखिएको २ प्याकेट र १५ सर्ट लेखिएको १० पिस गरी जम्मा ४४ प्याकेट १० पिस फेला बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद भएका अन्दाजी २० हजार बराबरको पटाकाहरू कानुन बमोजिम आवश्यक कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिेएको जनाइएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया