हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
७० पटक हेरिएको
Shares
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो

सारांश

  •     दुई दिनअघि घर नजिकैको जंगलमा गाईबस्तु चराउन घरबाट निस्केकी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ भवानीपुरकी ५५ वर्षिया मजादेवी सरदारको मृत शरीर मंगलबार बिहान फेला परेको छ ।
  •       आइतबार गाई, बस्तु चराउन निस्केकी उनी अबेर रातीसम्म घर नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
  • खोजतलासकै क्रममा घर नजिकैको जंगलमा मंगलबार बिहान १० बजेतिर उनको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
    कोशी बन्यजन्तु आरक्ष क्षेत्रबाट आएका जंगली हात्तिले सप्तरीमा चार दिनमा दुई महिलाको ज्यान लिएको छ । 
    दुई दिनअघि घर नजिकैको जंगलमा गाईबस्तु चराउन घरबाट निस्केकी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ भवानीपुरकी ५५ वर्षिया मजादेवी सरदारको मृत शरीर मंगलबार बिहान फेला परेको छ । 
    आइतबार गाई, बस्तु चराउन निस्केकी उनी अबेर रातीसम्म घर नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजतलासकै क्रममा घर नजिकैको जंगलमा मंगलबार बिहान १० बजेतिर उनको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जंगली हात्तिको आक्रमणबाट सरदारको मृत्यु भएको अनुसन्धानको क्रममा खुलेको जानकारी दिएका छन् । 
    यस्तै शनिबारका दिन जंगली हात्तिकै आक्रमणबाट सप्तरीको कंचनरुप नगरपालिका ५ निवासी ४१ वर्षिया चन्द्रिकादेवी मुखियाको मृत्यु भएको थियो ।
    यसैबीच  सप्तरीको रुपनी गाउँपालिकास्थित बस्तिमा जंगली हात्तीले घरमा तोडफोड गर्दा लाखौंको क्षति गरेको छ ।
    कोशी टप्पु वन्यजन्तु आरक्षबाट आइतबार मध्यरातमा आएको दुईवटा हात्तीको समुहले रुपनी गाउँपालिका वडा नम्बर ६ निवासी  मकर बहादुर तामाङको घर तोडफोड गरि क्षति गरेको प्रहरीले जनाएको छ ।
    जंगली हात्तीले घर तोडफोड गर्नुको साथै तामाङ सुतेका खाट कुल्चिएर पुर्ण रुपले क्षति गरेको छ । हात्तीले घरसहित चामाल, लत्ताकपडा, भाँडाकुँडा, मकै लगायतका खाद्यान्न खाएर र कुल्चेर नष्ट गरेको पीडित परिवारले जनाएको छ ।
    स्थानिय फुलमाया तामाङका अनुसार खानेकुरा समेत हात्तीले खाएपछि छाक टार्न आफुलाई कठिनाई भइरहेको दुखोसो पोखीन् । 
    सोही हात्तीले डिक बहादुर यसमाली मगरको भान्सा घर भत्काएका छन् भने स्थानीय खड्ग बहादुर तामाङको बगैचामा पसेर आँपको हाँगा भाँचेर एक लाख बढी मुल्य बराबरको क्षति भएको पीडितको भनाई छ । 
    कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले ठूलो जनधनकोको क्षति गर्दा समेत नियन्त्रणप्रती कसैले चासो नदिएको हात्ती पीडितहरुको गुनासो छ । 
    जिल्लाको सप्तकोशी, कंचनरुप नगरपालिका, अग्निसाइरकृष्णा सवरण, रुपनी गाउँपालिका तथा शम्भुनाथ नगरपालिका लगायतमा हात्तीले दैनिक आंतङ्क मचाउदै आएको छ । 
    यता कोशी टप्पु बन्यजन्तु क्षेत्रबाट आउने जंगली हात्तिले उत्पात मचाउन र ज्यानै लिन थालेपछि स्थानीयले अविलम्ब हात्ति नियन्त्रणका लागि ठोस कदम चाल्न माँग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?