दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
एक साता भित्र सप्तरीको दुई स्थानिय तहका दुई वडा अध्यक्षको मृत्यु भएको छ ।
गत मंगलबार सुरुङ्गा नगरपालिका १ का वडा अध्यक्ष मुक्ति कार्कीको निधन भएको एक साता पुरा भए लगत्तै मंगलबारै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का वडा अध्यक्ष सुशिल कुमार चौधरीको मृत्यु भएको छ ।
५४ वर्षिय वडा अध्यक्ष कार्कीको ह्दयघातका कारण निधन भएको थियो भने ३४ वर्षिय चौधरीको दुर्घटनामा परी ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत अग्निसाइर कृष्णासवरण गाउँपालिकाको जण्डोल सडक खण्डमा वडा अध्यक्ष चौधरी आफैले चलाएको को.३६प. ५३०६ नम्बरको मोटरसाइकल सोमबार राती १० बजेतिर दुर्घटनामा परेको थियो ।
टाउँकोमा गम्भिर चोट लागेका उनलाई तत्कालै प्रहरीले उद्दार गरि कंचनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा पु¥याएको थियो । तर अवस्थामा सुधार नभएपछि मंगलबार बिहानै राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा ल्याउँदा गर्दा बाटोमै उनको मृत्यु भएको अग्निसाइर कृष्णासवरण गाउँपालिका अध्यक्ष परशुराम चँैधरीले जानकारी दिएका छन् ।
चौधरी गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
एक सातामा दुई वडा अध्यक्षको मृत्यु
सारांश
- गत मंगलबार सुरुङ्गा नगरपालिका १ का वडा अध्यक्ष मुक्ति कार्कीको निधन भएको एक साता पुरा भए लगत्तै मंगलबारै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का वडा अध्यक्ष सुशिल कुमार चौधरीको मृत्यु भएको छ ।
- ५४ वर्षिय वडा अध्यक्ष कार्कीको ह्दयघातका कारण निधन भएको थियो भने ३४ वर्षिय चौधरीको दुर्घटनामा परी ज्यान गएको हो ।
- पूर्वपश्चिम राजमार्ग अन्तरगत अग्निसाइर कृष्णासवरण गाउँपालिकाको जण्डोल सडक खण्डमा वडा अध्यक्ष चौधरी आफैले चलाएको को.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया