दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
भारतसँग सीमा जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै उक्त नाकाबाट पनि आवतजावत संचालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।
भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहर गर्नेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि ह्वातै बढ्न थालेपछि यस्तो निर्णय गरिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सूचना जारि भएसँगै नाका बन्द गरिनुका साथै थप सतकर्ता र निगरानी कडा पारिएको छ ।
यसअघि जिल्लाको छिन्नमस्ता, डाक्नेश्वरी, बलान बिहुल र बोदेबसाईन लगायतका नाकाबाट समेत आवतजावत हुने गरेकोमा केही दिनअघि मात्र ती सबै नाका बन्द गरि कुनौली नाकाबाट मात्र आवश्यक जाँच पश्चात् आवतजावत गर्ने व्यवस्था मिलाइएको थियो ।
छिमेकी मुलुक भारत तथा विशेषगरि सीमावर्ती क्षेत्रमा कोरोनाको संक्रमण तिब्रगतिमा फैलिएकाले नेपाल सरकारको (मन्त्रिपरिषद्) साउन २६ गतेको निर्णय अनुसार नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रसाद घिमिरेले बताए ।
जिल्ला प्रवेश गर्ने भारतीय सीमासँग जोडिएका सबै नाका बन्द गरिएपछि भारतबाट घर फर्किनेहरु कोही सीमा क्षेत्रमा अलपत्र परेका छन् भने कोही प्रदेश १ को बिराटनगर तथा कोही प्रदेश २ को सिरहा माडर नाकाबाट प्रवेश गरिरहेका छन् ।
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
सारांश
- भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहर गर्नेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि ह्वातै बढ्न थालेपछि यस्तो निर्णय गरिएको बताइएको छ ।
- जिल्ला प्रशासन कार्यालयबाट सूचना जारि भएसँगै नाका बन्द गरिनुका साथै थप सतकर्ता र निगरानी कडा पारिएको छ ।
- यसअघि जिल्लाको छिन्नमस्ता, डाक्नेश्वरी, बलान बिहुल र बोदेबसाईन लगायतका नाकाबाट समेत आवतजावत हुने गरेकोमा केही दिनअघि मात्र ती सबै नाका बन्द गरि कुनौली नाकाबाट मात्र आवश्यक जाँच पश्चात् आवतजावत गर्ने व्यवस्था मिलाइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया