दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
राजविराज वडा नं. १० बिरोलमा शिलान्यास गरेर अलपत्र छाडिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूरु गर्न माँग गर्र्दै आन्दोलनरत यूवाहरुले मंगलवार संकलित १० हजार हस्ताक्षरसहित राजविराजमा प्रर्दशन गरेका छन् ।
लामो समयदेखि प्रतिष्ठान निर्माणको काम रोकिदा पनि वास्ता नगरेको भन्दै ७ दिन सम्म चलाइएको हस्ताक्षर अभियानको अन्तिम दिन मंगलवारसम्म संकलित १० हजार हस्ताक्षर गरिएको ब्यानरसहित प्रर्दशन गरिएको हो ।
सप्तरी यूथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा गरिएको प्रर्दशनमा यूवाहरुका साथै विद्यार्थी, जनप्रतिनिधी, राजनीति दलका स्थानीय नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रर्दशनपछि आयोजित कोण सभालाई राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, स्ववीयु सभापती रंजीत यादव, सप्तरी यूथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादव, आन्दोलन परिचालन समितिका अध्यक्ष सत्येन्द्र यादव लगायतले सम्बोधन गर्दै प्रतिष्ठान निर्माणको कार्य अविलम्व सुरु नगरिए आन्दोलन सशक्त ढंगले अघि बढाउने चेतावनी समेत दिए ।
यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सुचारु गराउन माँग राखी स्थानीयवासीद्वारा गठित संघर्ष समितिले गत असोज २६ देखि थालेको रिले अनशनलाई ६० औं दिन मंगलवार पनि निरन्तरता दिएका छन् । माँग पुरा नभएसम्म रिले अनशन चलिरहने संघर्ष समितिका संयोजक राम कुमार दासले जनाएका छन् ।
२०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन
सारांश
- लामो समयदेखि प्रतिष्ठान निर्माणको काम रोकिदा पनि वास्ता नगरेको भन्दै ७ दिन सम्म चलाइएको हस्ताक्षर अभियानको अन्तिम दिन मंगलवारसम्म संकलित १० हजार हस्ताक्षर गरिएको ब्यानरसहित प्रर्दशन गरिएको हो ।
- सप्तरी यूथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा गरिएको प्रर्दशनमा यूवाहरुका साथै विद्यार्थी, जनप्रतिनिधी, राजनीति दलका स्थानीय नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
- प्रर्दशनपछि आयोजित कोण सभालाई राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, स्ववीयु सभापती रंजीत यादव, सप्तरी यूथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादव, आन्दोलन परिचालन समितिका अध्यक्ष सत्येन्द्र यादव लगायतले सम्बोधन गर्दै प्रतिष्ठान निर्माणको कार्य अविलम्व सुरु नगरिए आन्दोलन सशक्त ढंगले अघि बढाउने चेतावनी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया