दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले अब पनि प्रदेशलाई अधिकार नदिने हो भने फेरी आन्दोलनको विकल्प नरहने बताएका छन् ।
सप्तरीको तिरहुत गाउँपालिकामा सोमवार एकै दिन चार वटा संरचनाको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश सरकारलाई अहिले पनि संघिय सरकारले अधिकारविहीन अवस्थामा राखेको भन्दै उनले असन्तुष्टी ब्यक्त गर्दै प्रदेशलाई पुर्ण अधिकार प्राप्तीका लागि नै मधेश प्रदेश सरकारले सर्वाेच्च अदालतमा मुद्दा समेत दायर गरेको उल्लेख गरे ।
तिरहुत गाउँपालिकाको विभिन्न वडामा नवनिर्मित २ सामुदायिक भवन, एउटा खेलकुद भवन र एउटा मन्दिरको एकै दिन उदघाटन गरेका उनले आफु शिलान्यास भन्दा पनि काम पुरा गरी उद्घाटन र समुदायमा हस्ताणतरण गर्नमा बढी रुची राख्ने गरेको स्पष्ट पारे ।
एक महिना भित्र मन्त्री साहले समाजिक विकास मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय र आफ्नो संसदीय विकास कोषको रकमबाट सप्तरी जिल्लाको विभिन्न पालिकामा १७ वटा नयाँ संरचनाको निर्माण गरी उदघाटन गरिसकेका छन् ।
यसरी उद्घाटन गरिएका संरचनाहरुमा सामुदायिक भवन, विद्यालय भवन, खेलकुद भवन, मन्दिर, मदरसा, धर्मशाला, सडक, ग्रामिण पुल, स्वाथ्य चौकी, अस्पताल लगायतका संरचना छन् ।
उद्घाटनका अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साह, सामुदायिक भवनका लागी निशुःक जग्गा दान गर्ने जग्गा दाता सुर्या देवी दास तथा स्थानीयवासीको उल्लेख्य उपस्थिती रहेको थियो ।
यसै क्रममा मंगलवार पनि सामाजिक विकास मन्त्रालयको ७५ लाखको सहयोगमा निर्माण गरिएको तिरहुत गाउँपालिकास्थित सरस्वती जनता माध्यमिक विद्यालयको नवनिर्मित ५ कोठे भवनको उद्घाटन मन्त्री साहले गर्ने तय भएको छ ।
प्रदेशलाई अधिकार नदिए आन्दोलनको विकल्प छैन् ः मन्त्री साह
सारांश
- सप्तरीको तिरहुत गाउँपालिकामा सोमवार एकै दिन चार वटा संरचनाको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
- प्रदेश सरकारलाई अहिले पनि संघिय सरकारले अधिकारविहीन अवस्थामा राखेको भन्दै उनले असन्तुष्टी ब्यक्त गर्दै प्रदेशलाई पुर्ण अधिकार प्राप्तीका लागि नै मधेश प्रदेश सरकारले सर्वाेच्च अदालतमा मुद्दा समेत दायर गरेको उल्लेख गरे ।
- तिरहुत गाउँपालिकाको विभिन्न वडामा नवनिर्मित २ सामुदायिक भवन, एउटा खेलकुद भवन र एउटा मन्दिरको एकै दिन उदघाटन गरेका उनले आफु शिलान्यास भन्दा पनि काम पुरा गरी उद्घाटन र समुदायमा हस्ताणतरण गर्नमा बढी रुची राख्ने गरेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया