दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
महिला तथा दलित समुदायमाथि भईरहेको श्रृंखलाबद्ध हत्या हिंसा रोक्नुपर्ने लगायतका ६ बुँदे मागसहित राष्ट्रिय युवा संघ नेपाल सप्तरीले बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
नेकपाका नेता तथा राष्ट्रिय युवा संघ नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पठाएको ज्ञापनपत्रमा पछिल्लो चरण दलित समुदाय र दलितमाथि भईरहेको हिंसात्मक घटनाहरुमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
सोही ज्ञापनपत्रमा कोरोना भाइरसको संक्रमणले उब्जाएका समस्या र चुनौतिका साथ साथै शासक जातीय अहंकार, स्थानीय जातीय अहंकार, उच्च बर्गीय षडयन्त्र र पृतिसत्तात्मक सोच, चिन्तनको साथै अन्ध धार्मिकता उन्मादका कारण यस्ता समस्याहरु झन जटिल बन्दै गएको भन्दै दमन र बिभेदमा पारिएकाहरुलाई क्षतिपुर्ति सहित बिशेषाधिकारको ग्यारेन्टीसँगै समानताको प्रत्याभुति गर्न माग गरिएको छ ।
राष्ट्रिय युवा संघ सप्तरीका ईञ्चार्ज निरञ्जन झा, जिल्ला संयोजक बिनोद कुमार यादव र सहसंयोजक आनन्द देव यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा दलित समुदाय लक्षित बिशेष कार्यक्रम, बेघरबारलाई जनताको आवास, भोजन, वस्त्र, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार सृजना केन्द्रीत कार्यक्रम ल्याउन माग गर्दै महिलामाथि भईरहेको घरेलु हिंसा, यौनजन्य हिंसा र बलात्कार, बोक्सी लगायतका आरोपमा उत्पीडन र बेइज्जतीलाई तुरुन्त रोक्न र संलग्न अपराधलाई दण्डित गर्न समेत माग गरिएको छ ।
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन
सारांश
- नेकपाका नेता तथा राष्ट्रिय युवा संघ नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पठाएको ज्ञापनपत्रमा पछिल्लो चरण दलित समुदाय र दलितमाथि भईरहेको हिंसात्मक घटनाहरुमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
- सोही ज्ञापनपत्रमा कोरोना भाइरसको संक्रमणले उब्जाएका समस्या र चुनौतिका साथ साथै शासक जातीय अहंकार, स्थानीय जातीय अहंकार, उच्च बर्गीय षडयन्त्र र पृतिसत्तात्मक सोच, चिन्तनको साथै अन्ध धार्मिकता उन्मादका कारण यस्ता समस्याहरु झन जटिल बन्दै गएको भन्दै दमन र बिभेदमा पारिएकाहरुलाई क्षतिपुर्ति सहित बिशेषाधिकारको ग्यारेन्टीसँगै समानताको प्रत्याभुति गर्न माग गरिएको छ ।
- राष्ट्रिय युवा संघ सप्तरीका ईञ्चार्ज निरञ्जन झा, जिल्ला संयोजक बिनोद कुमार यादव र सहसंयोजक आनन्द देव यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा दलित समुदाय लक्षित बिशेष कार्यक्रम, बेघरबारलाई जनताको आवास, भोजन, वस्त्र, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार सृजना केन्द्रीत कार्यक्रम ल्याउन माग गर्दै महिलामाथि भईरहेको घरेलु हिंसा, यौनजन्य हिंसा र बलात्कार, बोक्सी लगायतका आरोपमा उत्पीडन र बेइज्जतीलाई तुरुन्त रोक्न र संलग्न अपराधलाई दण्डित गर्न समेत माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया