दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
महिला तथा दलित समुदायमाथि भईरहेको श्रृंखलाबद्ध हत्या हिंसा रोक्नुपर्ने लगायतका ६ बुँदे मागसहित राष्ट्रिय युवा संघ नेपाल सप्तरीले बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
नेकपाका नेता तथा राष्ट्रिय युवा संघ नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पठाएको ज्ञापनपत्रमा पछिल्लो चरण दलित समुदाय र दलितमाथि भईरहेको हिंसात्मक घटनाहरुमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
सोही ज्ञापनपत्रमा कोरोना भाइरसको संक्रमणले उब्जाएका समस्या र चुनौतिका साथ साथै शासक जातीय अहंकार, स्थानीय जातीय अहंकार, उच्च बर्गीय षडयन्त्र र पृतिसत्तात्मक सोच, चिन्तनको साथै अन्ध धार्मिकता उन्मादका कारण यस्ता समस्याहरु झन जटिल बन्दै गएको भन्दै दमन र बिभेदमा पारिएकाहरुलाई क्षतिपुर्ति सहित बिशेषाधिकारको ग्यारेन्टीसँगै समानताको प्रत्याभुति गर्न माग गरिएको छ ।
राष्ट्रिय युवा संघ सप्तरीका ईञ्चार्ज निरञ्जन झा, जिल्ला संयोजक बिनोद कुमार यादव र सहसंयोजक आनन्द देव यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा दलित समुदाय लक्षित बिशेष कार्यक्रम, बेघरबारलाई जनताको आवास, भोजन, वस्त्र, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार सृजना केन्द्रीत कार्यक्रम ल्याउन माग गर्दै महिलामाथि भईरहेको घरेलु हिंसा, यौनजन्य हिंसा र बलात्कार, बोक्सी लगायतका आरोपमा उत्पीडन र बेइज्जतीलाई तुरुन्त रोक्न र संलग्न अपराधलाई दण्डित गर्न समेत माग गरिएको छ ।
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन
सारांश
- नेकपाका नेता तथा राष्ट्रिय युवा संघ नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पठाएको ज्ञापनपत्रमा पछिल्लो चरण दलित समुदाय र दलितमाथि भईरहेको हिंसात्मक घटनाहरुमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
- सोही ज्ञापनपत्रमा कोरोना भाइरसको संक्रमणले उब्जाएका समस्या र चुनौतिका साथ साथै शासक जातीय अहंकार, स्थानीय जातीय अहंकार, उच्च बर्गीय षडयन्त्र र पृतिसत्तात्मक सोच, चिन्तनको साथै अन्ध धार्मिकता उन्मादका कारण यस्ता समस्याहरु झन जटिल बन्दै गएको भन्दै दमन र बिभेदमा पारिएकाहरुलाई क्षतिपुर्ति सहित बिशेषाधिकारको ग्यारेन्टीसँगै समानताको प्रत्याभुति गर्न माग गरिएको छ ।
- राष्ट्रिय युवा संघ सप्तरीका ईञ्चार्ज निरञ्जन झा, जिल्ला संयोजक बिनोद कुमार यादव र सहसंयोजक आनन्द देव यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा दलित समुदाय लक्षित बिशेष कार्यक्रम, बेघरबारलाई जनताको आवास, भोजन, वस्त्र, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार सृजना केन्द्रीत कार्यक्रम ल्याउन माग गर्दै महिलामाथि भईरहेको घरेलु हिंसा, यौनजन्य हिंसा र बलात्कार, बोक्सी लगायतका आरोपमा उत्पीडन र बेइज्जतीलाई तुरुन्त रोक्न र संलग्न अपराधलाई दण्डित गर्न समेत माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया