विदेशमा श्रम गरेर कमाएको पैसा  ठगी भएपछि परिवारै विचल्लीमा

राजविराज राजविराज
|
शनिबार, जेठ १३, २०८०
|
|
४८ पटक हेरिएको
Shares
विदेशमा श्रम गरेर कमाएको पैसा  ठगी भएपछि परिवारै विचल्लीमा

सारांश

  •     ८ वर्ष मलेशियामा रोजगारी गरि नेपाल फर्केका भाई अशोक तथा दाजु सुरेन्द्रले कमाएको ३५ लाख रुपैया वचत गर्न पनि भ्याएका थिए ।
  • २०७८ साल  बैशाख तिर अशोक घर फर्किए भने दाजु सुरेन्द्र अहिले पनि मलेशियामै छन् ।
  •       छिमेकी गाउँ कै एक फर्निचर उधोग संचालक सम्पर्कमा आएर यादव दाजु भाईले वर्षाै लगाएर कमाएको रकम विभिन्न प्रलोभन बाँडेर ठगी गरेपछी उनीहरुको सपनामा कुठाराघात हुन पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।

    सप्तरीको विष्णुपुर गाउँपालिका १ वस्ने ४५ वर्षिय अशोक कुमार यादव र उनका दाजु ४८ वर्षिय सुरेन्द्र बैदेशकि रोजगारीबाट कमाएर ल्याएको पैसा ठगिएपछि उनीहरुको परिवारनै बिचल्लीमा परेको छ । 
    ८ वर्ष मलेशियामा रोजगारी गरि नेपाल फर्केका भाई अशोक तथा दाजु सुरेन्द्रले कमाएको ३५ लाख रुपैया वचत गर्न पनि भ्याएका थिए । २०७८ साल  बैशाख तिर अशोक घर फर्किए भने दाजु सुरेन्द्र अहिले पनि मलेशियामै छन् । 
    छिमेकी गाउँ कै एक फर्निचर उधोग संचालक सम्पर्कमा आएर यादव दाजु भाईले वर्षाै लगाएर कमाएको रकम विभिन्न प्रलोभन बाँडेर ठगी गरेपछी उनीहरुको सपनामा कुठाराघात हुन पुगेको छ । 
    छिन्नमस्ता गाउँपालिका ७ वस्ने फर्निचर उधोग संचालक गजेन्द्र मण्डल र उनकी पत्नी सरस्वतीले अशोक सीत फुलवारीमा रहेको उनको ४ वटा रुखहरु किन्ने क्रममा सम्पर्क बढ्दै गएको थियो । 
    नयाँ घर निर्माणको तयारीमा रहेका अशोकको योजनाबारे थाहा पाएपछी मण्डल दम्पतीले बालुवा, गिट्टी, सिमेन्ट, फलामे डण्डी लगायतका निर्माण समाग्री उपलब्ध गराईदिने प्रलोभन देखाएर अशोक सित पटक÷पटक गरेर ३१ लाख रुपैया पेश्की लिए । तर समान नदिएपछी अहिले उनी रकम वसुल्न प्रहरी हुदै न्यायलयको शरणमा पुग्न बाध्य भएका छन् । 
    पैसा फिर्ता दिनका लागी वडा अध्यक्ष अच्छेलाल यादवको उपस्थितीमा ३ पटक पंचायती पनि वस्यो । तिनै पटक वसेको पंचायतीमा छलफल हुदा १ महिना भित्रै निर्माण सामान र नभए रकम नै फिर्ता गरिदिने कागज समेत गरिदिएका गजेन्द्रले रकम फिर्ता दिएनन । समाजिक दवाव बढ्दै गएपछी गजेन्द्रले २०७९ असार १२ गते श्रीमतीको नाममा बैंक अफ काठमाण्डौ लिमिटेडमा रहेको खाता नं.२१८३०००००३७१५२४ बाट साटिने गरी ३१ लखको चेक अशोकलाई दिए । तर खातामा रकम नभएका कारण ३ पटक चेक वाउन्स भयो । 
    ास्खातामा पैसा नभएको जानी जानी चेक काटेर दिदा र ३ पटक चेक वाउन्स भएपछी उनी चेक काट्ने र ठगी गर्ने ब्यक्ती विरुद्ध कारवाहीको माँग गर्दै पटक पटक प्रहरीमा पुगे तर, अझै न्याय पाउन सकेका छैनन् । 
    जिल्ला प्रहरी कार्यालय उजुरी शाखाका प्रहरी नायव निरिक्षक रामबालक ठाकुरले २०८० वैशाख ७ गते इलाका प्रहरी कार्यालय छिन्नमस्ता सखडालाई चलानी नं.२२८२ को पत्र पठाई खोजतलास गरी गजेन्द्रलाई उपस्थित गराउन निर्देशन दिएपनि उनी फेला नपरेको र खोजतलास भईरहेको बताएका छन् । 
    अशोक भने गाउँ मै रहेको र खुलेआम घुमिरहेको दाबी गर्दै भने –“प्रहरीले सकृयता नदेखाउँदा हाम्रो परिवारको विचल्ली भएको छ । 
    उनी शुक्रवार न्याय खोज्दै अदालतको शरणमा पुगेका छन् । सप्तरी जिल्ला अदालतमा उनले दायर गरेको फिराद पत्रमा निर्माण सामग्री उपलब्ध गराई दिने भनी प्रलोभन देखाइ ठगी गर्ने गजेन्द्र माथी कारवाही र आफुलाई न्याय दिलाई दिन अनुरोध गरेका छन् । 
    खातामा पैसा न भएको जानी जानी ठगी र दुःख दिने नियतले दिएको चेक पटक पटक वाउन्स भएकाले निज गजेन्द्र माथी चेक अनादरको मुद्दा चलाउन समेत फिराद पत्र मार्फत आग्रह गरिएको छ । फिराद पत्रमा रकम फिर्ता नगर्ने मनसायले जानीजानी पैसा नरहेको खाताको चेक दिई चेक अनादरको कसुर गरेकाले प्रतिवादीलाई बिनियम अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम व्याज समेत भराई हदै सम्मको कैद र जरिवाना समेत गरी पाउँ भनि माँग गरिएको छ ।
    यता आरोपित गजेन्द्रले अशोकसित लेनदेनको कुरा मिली सकेको र अब ९५ हजार मात्र तिर्न बाँकि रहेको दाबी गरेका छन । “सबै कुरा मिलीसक्यो, फेरी अदालत किन गए ? बुझि नसक्नु छ, उनले भने ।” अशोकले भने पुरै ३१ लाख बाँकी नै रहेको र कुनै सहमति नभएको बताएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
ट्याङकरबाट डिजल चोरी घटनामा एक जना  कारागार चलान, दुई जना धरौटीमा छुटे
ट्याङकरबाट डिजल चोरी घटनामा एक जना  कारागार चलान, दुई जना धरौटीमा छुटे
सडकमै ढलेर बृद्धको मृत्यु 
सडकमै ढलेर बृद्धको मृत्यु 
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
६ सय तीन वटा राँगाको बलि प्रदान 
६ सय तीन वटा राँगाको बलि प्रदान 
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?