दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सप्तरीको कंचनरुप नगरपालिका ७ स्थित एक धान र गहुँ कुटनपिसन मिलमा आइतबार बिहान आगलागि हुँदा मिल जलेर नष्ट भएको छ ।
विद्यतु सर्ट भएर आइतबार एकाबिहान आगलागि हुँदा स्थानीय विश्वनाथ न्यौपानेद्वारा संचालित सो मिलमा रहेको सम्पूर्ण सामानसहित १२ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
मिल भएको घरका साथै खाद्यान्न कुट्ने पिसने मेशिन तीन थान, मोटरसाइकल एक थान, पानी तान्ने मोटर २ थान तथा ५ क्विन्टल धान र एक क्विन्टल गहुँ लगायतका सामाग्रि र खाद्यान्न पूर्ण रुपमा जलेर नष्ट भएको डिएसपी सिंहले जानकारी दिए ।
आगो कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र तथा स्थानियवासी र प्रहरीको सहायताले २ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागिबाट मिल जलेर नष्ट, १२ लाखको क्षति
सारांश
- विद्यतु सर्ट भएर आइतबार एकाबिहान आगलागि हुँदा स्थानीय विश्वनाथ न्यौपानेद्वारा संचालित सो मिलमा रहेको सम्पूर्ण सामानसहित १२ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
- मिल भएको घरका साथै खाद्यान्न कुट्ने पिसने मेशिन तीन थान, मोटरसाइकल एक थान, पानी तान्ने मोटर २ थान तथा ५ क्विन्टल धान र एक क्विन्टल गहुँ लगायतका सामाग्रि र खाद्यान्न पूर्ण रुपमा जलेर नष्ट भएको डिएसपी सिंहले जानकारी दिए ।
- आगो कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र तथा स्थानियवासी र प्रहरीको सहायताले २ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया