दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
उच्च अदालत जनकपुर राजबिराज ईजलासका बरिष्ठतम न्यायाधिश तिलप्रसाद श्रेष्ठले जनतालाई सहज न्याय सम्पादनसँगै न्यायपालिकालाई छिटोछरितो बनाउन अदालत प्रतिबद्ध रहेको बताएका छन् ।
राजबिराज उच्च अदालत बार एशोसिएशनद्वारा बिजया दशमी, दिपावली एंव छठ पर्वको अवसरमा बस्आयोजित शुभकामना आदान प्रदान एंव सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।
जनतालाई छिटोछरितो न्याय दिलाउन अदालत प्रतिबद्ध रहेको बताउदै उनले पंचवर्षिय योजनाले न्याय सम्पादनलाई अझ चुस्तदुरूस्त बनाई जनतालाई न्यायमा पहुँच हुने बिश्वास समेत ब्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादबले न्याय सम्पादनमा नागरिकलाई सहज बनाउन बार र बेन्च एउटै पांग्रा भएर काम गर्नुपर्नेमा जोड दिए ।
यसैगरी उच्च अदालत जनकपुरका रजिष्टार रोशनकुमार भट्टराईले उच्च अदालतले दुई बर्षको मुद्दा शुन्यमा झारेको बताउदै बमोजिम जिल्लामा ७२ प्रतिशत मुद्दा फर्छाैटमा सफलता पाएको बताए । जनतालाई न्यायप्रति थप बिश्वास दिलाउन गाउँ र टोलटोलमा अदालत जाने कार्यक्रम गर्दै आएको उनले जानकारी समेत दिए ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादब, बारका पूर्व अध्यक्ष बिजय कुमार यादब, अधिवक्ता बोधकृष्ण भगत, अधिवक्ता देब नारायण यादबलगायतले संविधान, कानुन र न्यायका मान्य, सिद्वान्त प्रति उत्तर दायित्व रहेर जनतालाई छिटो छरितो र गुणस्तरिय न्यान सम्पादन गर्नुपर्नेमा जोड दिए ।
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
सारांश
- राजबिराज उच्च अदालत बार एशोसिएशनद्वारा बिजया दशमी, दिपावली एंव छठ पर्वको अवसरमा बस्आयोजित शुभकामना आदान प्रदान एंव सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।
- जनतालाई छिटोछरितो न्याय दिलाउन अदालत प्रतिबद्ध रहेको बताउदै उनले पंचवर्षिय योजनाले न्याय सम्पादनलाई अझ चुस्तदुरूस्त बनाई जनतालाई न्यायमा पहुँच हुने बिश्वास समेत ब्यक्त गरे ।
- कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादबले न्याय सम्पादनमा नागरिकलाई सहज बनाउन बार र बेन्च एउटै पांग्रा भएर काम गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया