नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने

राजविराज राजविराज
|
शुक्रबार, माघ १८, २०८१
|
|
४८ पटक हेरिएको
Shares
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने

सारांश

  •     जिल्ला खोप समन्वय समिती सप्तरीले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लामा माघ २३ देखी संचालन हुने एचपीभी खोप अभियानबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको संचार क्षेत्रसँगको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
  •       कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनीधी एवं खोप अधिकृत सरला न्यौपानेले तथ्याङ्क प्रस्तुत गर्दै पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार महिलाको मृत्यु हुने गरेको बताउँदै मृत्युदर घटाउन र महिलालाई पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन अहिले नेपालमा एचपीभी खोप अभियान चलाइएको जानकारी समेत दिइन् ।
  •       उनले जिल्लामा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुह र विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत सबै किशोरी गरि ३६ हजार ७ सय १ जना किशोरीलाई लक्षित गरी अभियान चलाउन लागिएको बताइन् ।

दैनिक समाचारदाता
राजविराज, १८ माघ ।

    नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार महिलाको मृत्यु हुने गरेको तथ्याङ्क शुक्रबार सार्वजनिक गरिएको छ । 
    जिल्ला खोप समन्वय समिती सप्तरीले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लामा माघ २३ देखी संचालन हुने एचपीभी खोप अभियानबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको संचार क्षेत्रसँगको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 
    कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनीधी एवं खोप अधिकृत सरला न्यौपानेले तथ्याङ्क प्रस्तुत गर्दै पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार महिलाको मृत्यु हुने गरेको बताउँदै मृत्युदर घटाउन र महिलालाई पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन अहिले नेपालमा एचपीभी खोप अभियान चलाइएको जानकारी समेत दिइन् । 
    उनले जिल्लामा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुह र विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत सबै किशोरी गरि ३६ हजार ७ सय १ जना किशोरीलाई लक्षित गरी अभियान चलाउन लागिएको बताइन् । 
    नेपालमा क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनुमा पाठेघरको मुखको क्यान्सर नै पहिलो कारण देखिएको भन्दै अभियान सफल बनाउन सञ्चारकर्मीहरु समेतलाई सहयोग गर्न आग्रह गरिन । उनले हाल विश्वभरी प्रत्येक वर्ष ५ लाख ७० हजार महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको जानकारी दिँदै मृत्यु दर यस्तै रहेमा सन् २०३० सम्मा यो संख्या बढेर ७ लाख पुग्ने अनुमान गरिएको बताइन् । 
    जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले एचपीभी खोप अभियान माघ २३ देखी जिल्लामा दुई चरणमा संचालन हुने जानकारी दिए । पहिलो चरण माघ २३ देखी ३० सम्म जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका तथा रुपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका र बलान विहुल गाउँपालिका संचालन हुने बताए । 
    यस्तै दोश्रो चरण फागुन १ गतेबाट राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका र विष्णुपुृर गाउँपालिकामा संचालन हुने सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख झाले जानकारी दिए । 
    उनले उक्त अभियान मुलुकभर एकै दिन २२ माघ देखी संचालन हुने तय रहेपनि सप्तरीमा सरस्वती पुजा र त्यसको भोली पल्ट मुर्ती सेलाउन दिनमा विद्यालयहरु बन्द रहने भएका कारण यहाँ २३ माघदेखी अभियान थालिने निर्णय गरिएको बताए । 
    जनस्वास्थ्य अधिकृत जागेश्वर खडकाले जिल्लामा एचपीभी खोप अभियान संचालनका लागी ४ सय ५० खोप केन्द्र कायम गरिएको र यसमा १ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए । 
    कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले पनि बोल्दै खोप अभियान सफल बनाउन सबैले सहयोग गर्नू पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?