दैनिक समाचारदाता
राजविराज, १० पुस ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रतिनिधिसभा विघटनको बिरोधमा शुक्रबार राजविराजमा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका छन् ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुसले राजविराज नगर परिक्रमा गर्दै नेता चौकमा पुगि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको हो ।
विघटित प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथी लगाइएको झुठा मुद्दा खारेजीको माग गरिएको छ ।
जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विद्यार्थी नेता शम्भु यादव, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर यादव, नवनित झा, दिनेश यादवलगायतले सभालाई सम्बोधन गर्दै गणतन्त्र र लोकतन्त्र बिरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिले षडयन्त्र गरेको आरोप लगाए ।
उनीहरुले जनताको रगतबाट स्थापित भएको अधिकार कुनै पनि हालतमा गुम्न नदिने र आन्दोलनबाटै अधिकार खोसेर लिने चेतावनी समेत दिएका छन् ।
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
सारांश
- स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुसले राजविराज नगर परिक्रमा गर्दै नेता चौकमा पुगि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको हो ।
- विघटित प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथी लगाइएको झुठा मुद्दा खारेजीको माग गरिएको छ ।
- जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विद्यार्थी नेता शम्भु यादव, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर यादव, नवनित झा, दिनेश यादवलगायतले सभालाई सम्बोधन गर्दै गणतन्त्र र लोकतन्त्र बिरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिले षडयन्त्र गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया