दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
दीपावली तथा छठपर्वका लागि विभिन्न नाकाबाट ल्याइएका ठूलो परिमाणका प्रतिबन्धित पटका सप्तरी प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा खाल्डो खनी दुईलाख मुल्य बराबरको पटका नष्ट गरेको हो ।
चाडपर्वमा सिमापारी भारतीय बजारबाट विभिन्न व्यक्तिद्वारा केही दिन यता ल्याइएका दुईलाख मुल्य बराबरको पटका नष्ट गरिएको प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
जनप्रतिनिधि तथा सञ्चारकर्मी समेतको रोहबरमा नष्ट गरिएको पटकाहरुमा नागिन, रकेट, आलुबम, चकलेटबम लगायतका पटका रहेको प्रहरीले जनाएको छ ।
राज्यले प्रतिबन्ध गरको पटका नभित्र्याउन र प्रयोग नगर्न पटक पटक सूचना मार्फत अनुरोध गर्दा पनि वेवास्ता गर्दै लुकिछिपी ल्याएकाले नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरी उपरीक्षक गौतमकुमार केसीको भनाई छ ।
उनले जथाभावी पडकाउने यस्ता पटकाकाका कारण प्रत्येक बर्ष आगलागीको घटना भई ठूलो क्षति हुने गरेकाले यसको नियन्त्रका लागि पनि पटका ल्याउनमा कडाइ गरिएको बताए ।
दुईलाख मुल्य बराबरको पटका नष्ट
सारांश
- मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा खाल्डो खनी दुईलाख मुल्य बराबरको पटका नष्ट गरेको हो ।
- चाडपर्वमा सिमापारी भारतीय बजारबाट विभिन्न व्यक्तिद्वारा केही दिन यता ल्याइएका दुईलाख मुल्य बराबरको पटका नष्ट गरिएको प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
- जनप्रतिनिधि तथा सञ्चारकर्मी समेतको रोहबरमा नष्ट गरिएको पटकाहरुमा नागिन, रकेट, आलुबम, चकलेटबम लगायतका पटका रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया