सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ९, २०७८
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता

सारांश

  •     जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार गत मंसिरदेखी चलाइएको मतदाता नामावली संकलन अभियानका क्रममा ३० हजार ४ सय २८ महिला र ३० हजार ३ सय ३७ पुरुष नयाँ मतदाता थपिएको हो ।
  • योसँगै जिल्लामा २ लाख २१ हजार १ सय २५ पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेश्रोलिंगि गरि कुल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको हो ।
  •       यसरी थपिएको मतदातामा महिलाको संख्या बढी देखिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
    सप्तरी जिल्लामा मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको छ । यो संख्या अघिल्लो निर्वाचन भन्दा ६० हजार ७ सय बढी हो ।
    जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार गत मंसिरदेखी चलाइएको मतदाता नामावली संकलन अभियानका क्रममा ३० हजार ४ सय २८ महिला र ३० हजार ३ सय ३७ पुरुष नयाँ मतदाता थपिएको हो । योसँगै जिल्लामा २ लाख २१ हजार १ सय २५ पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेश्रोलिंगि गरि कुल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको हो । 
    यसरी थपिएको मतदातामा महिलाको संख्या बढी देखिएको छ । यसमध्ये दोहोरो परेका मतदाताको नामावली घटाइने र बैशाख २९ सम्म मतदान गर्ने उमेर पुगेकालाई समावेश गरिने भएकाले मतदाता संख्यामा केही थपघट हुन सक्ने कार्यालय प्रमुख जोशीको भनाई छ । 
    निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर उमेश कुमार यादवले निर्वाचनको तिथि घोषणा भएपछि माघ २५ गतेदेखी मतदाता नामावली संकलन अभियान रोकिएको र अभियानबाट संकलित नामावलीको चेकजाच र व्यवस्थित गर्ने काम धमाधम भइरहेको जानकारी दिए । 
    उनले मतदाता सूचीमा नाम भएको तथा परिचयपत्र हराएको वा नष्ट भएको व्यक्तिलाई फागुन २० गतेभित्र वडाको सिफारिससहित व्यक्ति स्वयम उपस्थित भई जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनु पर्ने सूचनासमेत जारि गरिसकिएको बताए । उनले फागुन १९देखी फागुन २६ सम्म मतदाता नामावली अधावधिक एवं दाबी बिरोधको समय तालिका निर्धारण गरिएको जानकारी दिदै समयमै सम्बन्धीत मतदातालाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् । 
    मतदाता नामावली संकलन अभियानका क्रममा खटिएका कर्मचारीहरुमाथी जिल्लाको खडक नगरपालिका र छिन्नमस्ता गाउँपालिकामा केही स्थानिय व्यक्तिहरुद्वारा बिना प्रमाण नाम समावेश गर्न दबाव दिएको र नमान्दा हातपात गरेको निर्वाचन कार्यालयका कर्मचारीहरुले गुनासो समेत गरेका छन् । तर, हालसम्म हातपात गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न नसकेकोप्रति उनीहरुले दुःख व्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
अग्निपीडितलाई निशुल्क खाना खुवाइदै,  कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध 
अग्निपीडितलाई निशुल्क खाना खुवाइदै,  कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध 
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
थप दाइजो माग गर्दै परिवारबाटै  निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ
थप दाइजो माग गर्दै परिवारबाटै  निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ