दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
राजबिराज नगरपालिका वडा नं. २ झलहि नहरमा आइतबार बिहान एक मोटरसाइकलले अर्को मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दुबै मोटरसाइकलका चालकसहित छोराछोरी घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जादै गरेको स.५प.६४३० नं. को मोटरसाइकललाई पछाडिबाट बीआर५०आर७७३० न. को. मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट स.५प.६४३० न.को मोटरसाइकल चालक राजविराज ११ का ३० वर्षिय जय प्रकाश यादव, पछाडि सवार उनकी १० वर्षिया छोरी किरण कुमारी यादव र ७ वर्षिय छोरा मनिष कुमार यादव घाइते भएका छन् । यस्तै बीआर५०आर७७३० न. को. मोटरसाइकल चालक तलाठि कोईलाडि २ लौनिया निवासी ४५ वर्षिय भुपेन्द्र कुमार मंडल पनि घाइते भएका छन् ।
चारै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको तथा दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि राजविराज वडा नं. ६ नेता चौकस्थित उतरबाट दक्षिणतर्फ आउदै गरेको स.१ज.३१० नं.को म्याजिकले सोही दिशा तर्फबाट आउदै गरेको साईकल यात्रिलाई ठक्कर दिएको छ ।
ठक्करबाट राजविराज ११ झल्ही निवासी ४० वर्षिया धनेश्वरी देवीलाई पछाडीबाट ठक्कर दिँदा उनको टाउँको, ढाड र दाहिने खुट्टामा चोट लागेको छ । उनको गजेन्द्र नारायण सिँह अस्पताल राजविराजमा उपचार भईरहेको तथा उपचारमा म्याजिक चालक राजविराज वडा नं. ११ सखुवा बस्ने ३६ वर्षिय रामचन्द्र मोचि संलग्न रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी तथा म्याजिकको ठक्करबाट महिला घाइते
सारांश
- दक्षिणबाट उत्तरतर्फ जादै गरेको स.
- ५प.
- ६४३० नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया