दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवाहरहरुले निर्वाचन आचारसंहित विपरीत सार्वजनिक ठाउँमा लगाएको प्रचार प्रसार सामाग्रि प्रहरीले धमाधम हटाउन थालेको छ ।
बैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनको प्रचार प्रसारमा जिल्लामा निर्वाचन आचारसहिता विपरीत व्यापक रुपमा प्रचार प्रसार सामाग्रि झुण्ड्याइएको तथा निर्वाचन कार्यालयले तोकेको मापदण्ड विपरीत गतिविधी हुन थालेको जनगुनासो बढ्दै गएपछि प्रहरीको सहयोगमा धमाधम त्यस्ता प्रचार प्रसार सामाग्रि हटाउन थालिएको हो ।
दलहरूले निर्वाचन प्रचार–प्रसार भड्किलो मात्र नभई सहर र गाउँको सौन्दर्य नै सखाप पार्ने गरी ब्यानर, तोरण र पोष्टर टाँगेको भन्दै निर्वाचन आयोगको निर्देशनानुसार प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए ।
सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा अघिललो दिन बसेको बैठकले आचारसहिता उल्लंघन हुने गरि झुण्ड्याइएको त्यस्ता प्रचार प्रसार सामाग्रि तत्काल हटाउने निर्णय गरेको थियो ।
सप्तरी सदरमुकाम राजविराजमा मात्रै बिहीबार त्यस्ता प्रचार प्रसार समाग्रि दुई ट्रक भरेर लगिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए ।
आचारसहिता विपरीत विभिन्न राजनीतिक दलहरुले डिजे बाजासहित संगित, प्रचार निर्वाचन चिन्ह अंकित भेष्ट, ज्याकेट, लोगो, टोपी र स्टिकरहरु प्रदर्शन गरिरहेको प्रति पनि गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक सूचना मार्फत दल र स्वतन्त्र उम्मेदवारलाई सचेत समेत गराएको छ ।
निर्वाचान आचारसहिता २०७८ ले सार्वजनिक स्थानमा राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले आचारसहिता उल्लंघन हुने गरि प्रचार प्रसार सामाग्रि झुण्ड्याउन पुर्ण निषेध गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्यादी प्रहरी, प्रहरी र सशस्त्र प्रहरीको सहयोग लिएर राजविराजसहित सबै पालिकाको बजार क्षेत्र र सार्वजनिकस्थलमा राजनीतिक दलहरूले टाँगेका र टाँसेका निर्वाचन प्रचार–प्रचारका सामग्री हटाउँदै जाने जानकारी दिएको छ ।
निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ (ज) मा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने उल्लेख छ ।
आचारसंहिता विपरीत लगाइएका प्रचार सामाग्रि हटाइदै
सारांश
- बैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनको प्रचार प्रसारमा जिल्लामा निर्वाचन आचारसहिता विपरीत व्यापक रुपमा प्रचार प्रसार सामाग्रि झुण्ड्याइएको तथा निर्वाचन कार्यालयले तोकेको मापदण्ड विपरीत गतिविधी हुन थालेको जनगुनासो बढ्दै गएपछि प्रहरीको सहयोगमा धमाधम त्यस्ता प्रचार प्रसार सामाग्रि हटाउन थालिएको हो ।
- दलहरूले निर्वाचन प्रचार–प्रसार भड्किलो मात्र नभई सहर र गाउँको सौन्दर्य नै सखाप पार्ने गरी ब्यानर, तोरण र पोष्टर टाँगेको भन्दै निर्वाचन आयोगको निर्देशनानुसार प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए ।
- सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा अघिललो दिन बसेको बैठकले आचारसहिता उल्लंघन हुने गरि झुण्ड्याइएको त्यस्ता प्रचार प्रसार सामाग्रि तत्काल हटाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया