दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठान सप्तरीद्घारा विपन्न परिवारका महिलालाई साडी वितरण गरेको छ ।
सहिद दशरथ ठाकुरको १५ औं स्मृति दिवसको अवसरमा आइतबार प्रतिष्ठानले विपन्न तथा असहाय परिवारका महिलाहरुलाई साडी वितरण गरेको हो ।
स्मृति प्रतिष्ठान सप्तरीका अध्यक्ष कबिता ठाकुरको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य सुर्यनाथ यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा विपन्न तथा असहाय परिवारका महिलाहरुलाई साडी वितरण गरिएको हो ।
राजविराज नगरपालिका वडा नं. ७ र ८ का भोलीदेवी मुखिा, शान्तिदेवी रजक, भुलरीदेवी मण्डल, सोनारवतीदेवी मण्डल, अमलादेवी मण्डल लगायत विपन्न तथा असहाय परिवारका २५ जना महिलाहरुलाई साडी वितरण गरिएको संस्थाकी अध्यक्ष ठाकुरले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथी यादवले गणतन्त्र सहिदहरुको वलिदानको कारण मुलुकमा गणतन्त्र आएको बताउँदै शाहीसत्ता परिवर्तन गर्न हजारौ सहिदहरु मध्ये सप्तरीका सच्चा वीर सपुत दशरथ ठाकुर आफनो ज्यानको बाजीखेलेर गणतन्त्र ल्याएको जिकिर गरे ।
सो अवसरमा पुर्व सांसद लक्ष्मी चौधरी, मधेस प्रदेश सांसद प्रमिला यादव, माओवादी केन्द्रका मधेस प्रदेश सदस्यद्वय महेशप्रसाद यादव, छेदी रजक, सहिद परिवारका रिता चौधरी, राजविराज ८ का अध्यक्ष जयनारायण मण्डल, राजविराज नपाका उपप्रमुखका प्रत्याशी प्रमिला साह, भुवनेश्वर पासवान, राम कुमार राय, सिहेंश्वर साह, पत्रकारद्वय देवराम यादव, दिनानाथ यादव लगायतले सहिद ठाकुरले पु¥याएको योगदानको वारेमा चर्चा गरेका थिए ।
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
सारांश
- सहिद दशरथ ठाकुरको १५ औं स्मृति दिवसको अवसरमा आइतबार प्रतिष्ठानले विपन्न तथा असहाय परिवारका महिलाहरुलाई साडी वितरण गरेको हो ।
- स्मृति प्रतिष्ठान सप्तरीका अध्यक्ष कबिता ठाकुरको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य सुर्यनाथ यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा विपन्न तथा असहाय परिवारका महिलाहरुलाई साडी वितरण गरिएको हो ।
- राजविराज नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया