भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २३, २०८०
|
|
२७ पटक हेरिएको
Shares
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो

सारांश

  •     सप्तरी उद्योग वाणिज्य संघ, सप्तरी युथ नेपाल र नेपाल रेडक्रस सोसाइटीले उक्त राहत समाग्रिहरु जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत पठाएको हो ।
  •       पीडितका लागि सप्तरी उद्योग वाणिज्य संघले १ सय थान साडी, ५०÷५० थान ज्याकेट र उलनको टोपी, सप्तरी युथले २५ हजार रुपैयाँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रधानले २० थान त्रिपाल तथा रेडक्रस सोसाइटी सप्तरीले १ सय थान कम्बल उपलब्ध गराएको छ ।
  •        ती सामग्री बिहिवार प्रमुख जिल्ला अधिकारी किरण थापालाई हस्तान्तरण गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक । 

    जाजरकोट र रुकम (पश्चिम)का भूकम्प पीडितका लागि बिहीबार सप्तरीबाट राहत पठाइएको छ । राहतमा नगद, कम्बल, साडी, टोपी, त्रिपाल लगायतका सामाग्रिहरु रहेका छन् । 
    सप्तरी उद्योग वाणिज्य संघ, सप्तरी युथ नेपाल र नेपाल रेडक्रस सोसाइटीले उक्त राहत समाग्रिहरु जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत पठाएको हो । 
    पीडितका लागि सप्तरी उद्योग वाणिज्य संघले १ सय थान साडी, ५०÷५० थान ज्याकेट र उलनको टोपी, सप्तरी युथले २५ हजार रुपैयाँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रधानले २० थान त्रिपाल तथा रेडक्रस सोसाइटी सप्तरीले १ सय थान कम्बल उपलब्ध गराएको छ ।   


    ती सामग्री बिहिवार प्रमुख जिल्ला अधिकारी किरण थापालाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री पीडितका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत आइतवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले ठुलो जनधनको क्षति भएको थियो ।     
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?