दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले श्रमिकहरुको श्रमको सम्मान गर्नु आवश्यक रहेको बताएका छन् ।
१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमको सम्मान राष्ट्रको अभियान नाराको साथ तिलाठी कोईलाडी गाउँपालिकाद्वारा विहिबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
उनले श्रमको शोषण गर्न नहुने बताउँदै श्रमिकको परिश्रमले मात्र समाजको विकास सम्भव रहेको उल्लेख गरे । विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलनको कारण मुलुकमा प्रजातन्त्र स्थापना भएको उनले बताए ।
समाजको विकासमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्ष मण्डलले रोजगारीको लागि विदेशिनु र त्यहाँ असुरक्षित रुपले काम गर्नु चिन्ताजनक रहेको बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रममा ६० जना श्रमिकहरुलाई सम्मान गरिएको कार्यक्रमका सम्पर्क ब्यक्ति रतनकुमार मिश्रले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश कुमार मुखिया र सत्यनारायण यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु कुमार झासहितकाले मजदुरहरुको श्रमको सम्मान गर्नुपर्ने बताए ।
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल
सारांश
- १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमको सम्मान राष्ट्रको अभियान नाराको साथ तिलाठी कोईलाडी गाउँपालिकाद्वारा विहिबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
- उनले श्रमको शोषण गर्न नहुने बताउँदै श्रमिकको परिश्रमले मात्र समाजको विकास सम्भव रहेको उल्लेख गरे ।
- विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलनको कारण मुलुकमा प्रजातन्त्र स्थापना भएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया