श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल

राजविराज राजविराज
|
बिहिबार, बैशाख १८, २०८२
|
|
११६ पटक हेरिएको
Shares
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल

सारांश

  •     १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमको सम्मान राष्ट्रको अभियान नाराको साथ तिलाठी कोईलाडी गाउँपालिकाद्वारा विहिबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
  •     उनले श्रमको शोषण गर्न नहुने बताउँदै श्रमिकको परिश्रमले मात्र समाजको विकास सम्भव रहेको उल्लेख गरे ।
  • विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलनको कारण मुलुकमा प्रजातन्त्र स्थापना भएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले श्रमिकहरुको श्रमको सम्मान गर्नु आवश्यक रहेको बताएका छन् ।
    १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमको सम्मान राष्ट्रको अभियान नाराको साथ तिलाठी कोईलाडी गाउँपालिकाद्वारा विहिबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
    उनले श्रमको शोषण गर्न नहुने बताउँदै श्रमिकको परिश्रमले मात्र समाजको विकास सम्भव रहेको उल्लेख गरे । विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलनको कारण मुलुकमा प्रजातन्त्र स्थापना भएको उनले बताए ।
    समाजको विकासमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्ष मण्डलले रोजगारीको लागि विदेशिनु र त्यहाँ असुरक्षित रुपले काम गर्नु चिन्ताजनक रहेको बताए । 
    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रममा ६० जना श्रमिकहरुलाई सम्मान गरिएको कार्यक्रमका सम्पर्क ब्यक्ति रतनकुमार मिश्रले जानकारी दिए ।
    गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश कुमार मुखिया र सत्यनारायण यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु कुमार झासहितकाले मजदुरहरुको श्रमको सम्मान गर्नुपर्ने बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
तिलाठी मनाइयो धान दिवस
तिलाठी मनाइयो धान दिवस
श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी