दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
मैथिली फिल्म मिसन मधेश फिल्मको प्रोमोशन कास्टिगंको अवसरमा राजबिराज मैथली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
मंगलवार राजबिराजमा दिनाभद्री फिल्म प्रोडक्सन लाहान प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा बैशाख २० गते सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी गराएको छ ।
सो अवसरमा मिसन मधेश फिल्मका निर्माता मुकेश कर्णले मधेश आन्दोलन, दलित जनजातीमाथी हुने अत्याचार, दमन, हत्याहिंसा, भेदभाव तथा मधेशमा बढ्दै गएको महिला हिंसा र बलात्कार जस्ता बिकृतिको बिरूद्वमा आधारित ऐतिहासिक कथा बस्तु सम्मलित फिल्म निर्माण गरिएको बताए ।
फिल्मले मधेशमा हुने बिकृति तथा समाजका हुने अत्याचार बैशाख भित्रै फिल्मको शुभआरम्भ गरिने बताउदै त्यस अवसरमा बैशाख २० गते राजबिराजमा सासंस्कृतिक कार्यक्रम समेत आयोजना गरिने जानकारी दिए ।
राजबिराजस्थित राजरंगशालाको मैदानमा गरिने सांस्कृतिक कार्यक्रम बिहारको सुपरस्टार हिरोइन काजल राहवानी, नेपालको ममता पंडित, कसिष दाहाला, समिता गरि, अर्जुन कान्त यादब, अंजु यादब, सनु कुमार, रंजित शर्मा लगायत कालाकारद्वारा मनोरंजन गराईने आयोजक समितिका मुकेश कर्णले जानकारी दिए ।
दिनाभन्द्री फिल्म प्रोडक्सन लाहान प्रा.लि.को आयोजनामा तथा श्रीमती शिला यादब, मुकेश कर्णको लगानीमा फिल्म निर्माण भई सो फिल्म प्रोमसनको साथै बैशाख भित्र मिसन मधेश फिल्मको प्रदर्शन गरिने उनले बताए ।
सो सासंस्कृतिक कार्यक्रम तथा मधेश मिसन फिल्मको प्रोमोसन कार्यक्रममा सम्पुर्ण जिल्लावासीहरूले सहभागिता भई कार्यक्रम सफल बनाईदिन आग्रह समेत गरे ।
जनकपुरका तवलावाद, नाल बजाउने कलाकार शम्भु कर्णको दुबै किडनी फेल भएकोले उनको उपचारमा सहयोग पुर्याउन उद्देश्यले च्यारेटी सो बाट प्राप्त आम्दानी रकमवाट ५० प्रतिशत उनको उपचारमा सहयोग गरिने कलाकार अरूणकान्त यादबले जानकारी दिए ।
उक्त फिल्ममा दिनेश्वर गुप्ता, कसिष दाहाल, रेणु ्दाहाल, दुलसा कोईराला, भारति गुप्ता, लगायत कालाकारले भुमिका निर्वाह गरेको छ भने फिल्मको निर्देशक आलम खान, सुर्या साह, गरेका छन् । ७५ लाखको लागतमा निर्माण गरिएको फिल्म चाडै सेन्सर वोर्डबाट पास हुने निर्माता शिलादेबी यादबले बताईन ।
“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने
सारांश
- मंगलवार राजबिराजमा दिनाभद्री फिल्म प्रोडक्सन लाहान प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा बैशाख २० गते सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी गराएको छ ।
- सो अवसरमा मिसन मधेश फिल्मका निर्माता मुकेश कर्णले मधेश आन्दोलन, दलित जनजातीमाथी हुने अत्याचार, दमन, हत्याहिंसा, भेदभाव तथा मधेशमा बढ्दै गएको महिला हिंसा र बलात्कार जस्ता बिकृतिको बिरूद्वमा आधारित ऐतिहासिक कथा बस्तु सम्मलित फिल्म निर्माण गरिएको बताए ।
- फिल्मले मधेशमा हुने बिकृति तथा समाजका हुने अत्याचार बैशाख भित्रै फिल्मको शुभआरम्भ गरिने बताउदै त्यस अवसरमा बैशाख २० गते राजबिराजमा सासंस्कृतिक कार्यक्रम समेत आयोजना गरिने जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया