भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
११० पटक हेरिएको
Shares
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो

सारांश

  • जिल्लाको बोदेवेर्साइन नगरपालिका ५ शत्रुधन चौकमा शनिबार प्रहरीले गस्ती गर्ने क्रममा स.
  • ५प.
  • ६१४८ नम्वरको मोटरसाइकलसहित अवैध रुपमा ल्याइएको किरानाका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, १५ असार । 
इलाका प्रहरी कार्यालय बोदेवर्साइन सप्तरीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि मोटरसाइकलमा ल्याउँदै गरेको विभिन्न किरानाका सामानहरु बरामद गरेको छ ।
जिल्लाको बोदेवेर्साइन नगरपालिका ५ शत्रुधन चौकमा शनिबार प्रहरीले गस्ती गर्ने क्रममा स.५प.६१४८ नम्वरको मोटरसाइकलसहित अवैध रुपमा ल्याइएको किरानाका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाईकलमा सामानहरु लोड गरि आउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्ने बित्तिकै ती व्यक्तिले मोटरसाईकल सोही स्थानमा छाडी फरार भएका थिए । बेवारिसे अवस्थामा रहेका उक्त मोटरसाईकलमा लोड गरेको बोरा कानुन बमोजिम खोली चेकजाँच गर्दा सो बोरा भित्र विभिन्न किराना सामानहरु फेला परेको प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता हेमराज घिमिरे जानकारी दिए ।
एक लाख ४७ हजार ७ सय ७० बराबरको मोटरसाईकल र किराना सामानहरु प्रहरी टोलीले नियन्त्रणमा लिई सोमबार आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुको हत्या गरि फरार छोरा तीन वर्षपछी पक्राउ
बाबुको हत्या गरि फरार छोरा तीन वर्षपछी पक्राउ
व्यवस्थापन समितिका कारण हुने राजनीतिले गर्दा शैक्षिक गुणस्तर खस्कियो ः मुख्यमन्त्री सिंह
व्यवस्थापन समितिका कारण हुने राजनीतिले गर्दा शैक्षिक गुणस्तर खस्कियो ः मुख्यमन्त्री सिंह
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
पशु फर्ममा आगलागि हुँदा २० गाईबाछा जले
पशु फर्ममा आगलागि हुँदा २० गाईबाछा जले
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
तीनै क्षेत्रमा मतदान सम्पन्न
तीनै क्षेत्रमा मतदान सम्पन्न
बिचौलियारहित सेवा प्रवाहलाई प्राथमिकतामा  राखेर काम गर्छु ः प्रजिअ थापा
बिचौलियारहित सेवा प्रवाहलाई प्राथमिकतामा  राखेर काम गर्छु ः प्रजिअ थापा
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना