दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
देशव्यापी रुपमा बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान फागुन १ गतेदेखी सुरु हुने भएको छ ।
बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध अभियान राजविराजस्थित रंगशाला मैदान र पश्चिमको दैलेख बजारबाट एकसाथ सुरु हुने जानकारी दिएका छन् ।
दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था अझै नफेरिएको भन्दै पत्रकार सम्मेलनमा संयोजक बिद्रोहीले पछिल्लो पटक ओली नेतृत्वको सरकारकै कार्यकालमा पनि दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेकै हो, रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटना ष्स्बिढ्दै गएको बताए ।
उनले भने, “पटक पटक आन्दोलन भए, आन्दोलनमा दलितसहित उत्पिडित समुदायले बलिदानी दिइरहे । तर, समस्या ज्युको त्युँ रहेको छ ।”
सोही पत्रकार सम्मेलनमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल (सप्तरी) ले फाल्गुन १ गते राजविराजमा आयोजना गर्न लागेको अभियानमा २५ हजारभन्दा बढीलाई सहभागी गराउने राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल सप्तरीका संयोजक प्रथमलाल रामले जानकारी दिए । पत्रकार सम्मेलनमा अभियानका अगुवाहरु गंगा सदा, बद्री सदा लगायतको उपस्थिती थियो ।
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान
सारांश
- बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध अभियान राजविराजस्थित रंगशाला मैदान र पश्चिमको दैलेख बजारबाट एकसाथ सुरु हुने जानकारी दिएका छन् ।
- दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था अझै नफेरिएको भन्दै पत्रकार सम्मेलनमा संयोजक बिद्रोहीले पछिल्लो पटक ओली नेतृत्वको सरकारकै कार्यकालमा पनि दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेकै हो, रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटना ष्स्बिढ्दै गएको बताए ।
- उनले भने, “पटक पटक आन्दोलन भए, आन्दोलनमा दलितसहित उत्पिडित समुदायले बलिदानी दिइरहे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया