महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ

राजविराज राजविराज
|
आइतबार, बैशाख २१, २०८२
|
|
३६ पटक हेरिएको
Shares
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ

सारांश

  •     उक्त महायज्ञको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पूजापाठ गरि शुभारम्भ गरेका हुन् ।
  •       आइतबार बिहान कलश यात्रा समेत निकालिएको थियो ।
  • महायज्ञस्थलबाट निस्केको कलशयात्रामा हजारौंको संख्यामा महिला÷पुरुष सहभागि भए ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख । 

    रुपनी गाउँपालिकामा अवस्थित गजेन्द्रनारायण सिह औधोगिक क्षेत्रमा आइतबारदेखी श्री सीताराम नाम १००८ मण्डपीय संकिर्तन एवं रामचरित मानस महायज्ञको शुभारम्भ भएको छ । 
    उक्त महायज्ञको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पूजापाठ गरि शुभारम्भ गरेका हुन् । 
    आइतबार बिहान कलश यात्रा समेत निकालिएको थियो । महायज्ञस्थलबाट निस्केको कलशयात्रामा हजारौंको संख्यामा महिला÷पुरुष सहभागि भए । सहभागिहरुले भुतनाथ मन्दिर स्थित पोखरीबाट पवित्र जल भरेर पुनः यज्ञस्थल पुगेका थिए ।
    आयोजक समितिका अनुसार बैशाख २१ गतेदेखी २९ गते ९ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुका साथै साधु–सन्तहरुको व्यापक सहभागिता रहेको छ । उक्त महायज्ञमा १५ लाखभन्दा बढी भक्तजनआउने विश्वास गरिएको आयोजक समितिका अध्यक्ष गणपैत पण्डित कुम्हारले बताए । 
    विश्व शान्ति, मानव कल्याण, औधौगिक क्षेत्रको विकास तथा उधोगीहरुलाई आकर्षित गर्ने कामनाका साथ आयोजना गरिएको महायज्ञमा अनुमानित लागत ३ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको आयोजक समितिका सहअध्यक्ष समेत रहेका रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए । 
    यज्ञकर्ता एवं संरक्षक जगत नन्दन दासजी (पगलाबाबा) ले महायज्ञमा भारतका शंकरार्चाय पिठाधिश जगत गूरु शारदानन्द सरस्वतीका साथै नेपाल तथा भारतका प्रख्यात संन्तहरुबाट कथावाचन हुने कार्यक्रम रहेको जानकारी दिदै महायज्ञ सफल बनाउन सबैसंग आग्रह गरेका छन् । 
    महायज्ञ भब्य बनाउनका लागी धार्मिक प्रवचन, रासलिला, रामलिला, झुला खेलसहित मनोरंजनका विभिन्न कार्यक्रमहरुको व्यवस्था मिलाइएको जिल्ला समन्वय समितीका उपप्रमुख एवं महायज्ञ आयोजक समितिका सदस्य शम्भु प्रसाद यादवले जानकारी दिए । 
    महायज्ञस्थलमा अहिले पुजा विधीका लागी फुँसका १००८ वटा मण्डप बनाइएको छ भने विभिन्न देवी देउताका १०८ वटा मुर्ती राखिएको छ ।
    महायज्ञ शुभारम्भका अवसरमा मुख्यमन्त्री सिंहका साथै प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, प्रदेश सांसद महेशकुमार यादव, समाजसेवी गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, वडाअध्यक्ष जबाहर यादव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट  पत्रकार गुप्तासहित तीनजना सम्मानित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
राधाकृष्ण मन्दिरमा चोरी
राधाकृष्ण मन्दिरमा चोरी