पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

राजविराज राजविराज
|
शनिबार, कार्तिक ६, २०७८
|
|
४० पटक हेरिएको
Shares
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

सारांश

  •     गुप्ताको शनिबार बिहान लहानस्थित खुट्टी खोलामा दाहसंस्कार गरिएको छ ।
  • उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता र सप्तरी सभापति श्रवण देवले संयुक्त रुपमा पत्रकार महासंघको झण्डा ओढाएर सम्मान दिएका थिए ।
  • प्रेस चौतारी नेपालीले समेत झन्डा ओढाएर सम्मान व्यक्त गरेको थियो ।

    राजविराज/नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द प्रसाद गुप्ताको शनिबार बिहान निधन भएको छ । 
    ५८ वर्षीय गुप्ताको उच्च रक्तचापका कारण मष्तिस्कघात भएर उपचारको क्रममा निधन भएको हो । उनको गत बुधबार मष्तिस्कघात भएपछि न्युरो अस्पताल बिराटनगरमा उपचार हुँदै थियो ।
    नेपाल पत्रकार महासंघ सिरहा शाखाको पूर्व सभापति समेत रहेका गुप्ता २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रुपमा रहेका थिए । पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए । उनको पत्नी, दुई छोरा र एक छोरी छन् । 
    गुप्ताको शनिबार बिहान लहानस्थित खुट्टी खोलामा दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता र सप्तरी सभापति श्रवण देवले संयुक्त रुपमा पत्रकार महासंघको झण्डा ओढाएर सम्मान दिएका थिए । प्रेस चौतारी नेपालीले समेत झन्डा ओढाएर सम्मान व्यक्त गरेको थियो ।    
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?