सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए

राजविराज राजविराज
|
बिहिबार, श्रावण २२, २०७७
|
|
४४ पटक हेरिएको
Shares
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए

सारांश

  • कोरोना संक्रमित भएर होम आईसोलेसनमा बस्दै आएका राजविराज ८ स्थित नेपाल सफटेक कलेज अफ कम्प्युटर इन्जिनियरिङ्ग प्रा.
  • लि.
  • का प्रबन्ध निर्देशक ३७ बर्षीय प्रमोद यादव र  उनकी ३२ बर्षीया श्रीमति बिन्दा यादवले कोरोनाबाट निको भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २२ साउन । 
सप्तरीका एक दम्पति १६ दिनमै कोरोना संक्रमणबाट निको भएका छन् । 
कोरोना संक्रमित भएर होम आईसोलेसनमा बस्दै आएका राजविराज ८ स्थित नेपाल सफटेक कलेज अफ कम्प्युटर इन्जिनियरिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक ३७ बर्षीय प्रमोद यादव र  उनकी ३२ बर्षीया श्रीमति बिन्दा यादवले कोरोनाबाट निको भएका हुन् । 
संक्रमित दम्पतिको बुधवार पुनः परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
कोरोना संक्रमणबाट मुक्त हुदाँ हर्षित भएका ती दम्पतिले आत्मबल बलियो बनाई स्वास्थ्यकर्मीको सुझाब अनुसार नियमित रुपमा तातोपानी तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताएका छन् । 
भारतबाट परिवारसहित फर्केका राजविराजका एक व्यापारीको गत असार ३१ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । ती व्यापारीको प्रत्यक्ष सम्पर्कमा आएका निर्देशक यादवको पनि स्वाब संकलन गरी परिक्षण गर्दा गत साउन ५ गते उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । 
त्यसपछि उनकी श्रीमतिको स्वाब परिक्षण गर्दा उनमा पनि साउन ७ गते कोरोना संक्रमण पुष्टी भएको थियो । दुबै जनामा कोरोना संक्रमण पुष्टी भएपछि आफ्नै निवासमा होम आईसोलेसनमा बस्दै आएका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
शैक्षिक सामाग्रि बितरण गरि मनाइयो स्व. रामको स्मृती दिवस
शैक्षिक सामाग्रि बितरण गरि मनाइयो स्व. रामको स्मृती दिवस
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु
कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु
लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे
लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे
रामराजा प्रतिष्ठान निर्माणका लागी दवाबमूलक प्रर्दशन 
रामराजा प्रतिष्ठान निर्माणका लागी दवाबमूलक प्रर्दशन 
यात्रु प्रतिक्षालय हस्तान्तरण
यात्रु प्रतिक्षालय हस्तान्तरण
“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने