विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
६३ पटक हेरिएको
Shares
विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै

सारांश

  •     बिद्यालयको प्रागणमा आयोजित एक कार्यक्रमबीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन र वडा नं.
  • १ अध्यक्ष चन्द्रशेखर चौधरीले संयुक्त रूपमा बिद्यालय भवनको शिलान्यास गरेका हुन् ।
  •     राष्ट्रिय योजना आयोगको कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिकाको साझेदारीमा संचालित  कुल १ करोड १८ लाख बराबरको लागतमा ४ कोठो भवन निर्माण हुन लागेको हो ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।

    राजबिराज वडा नं. १ स्थित राजदेबी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक बिद्यालयमा ४ कोठे भवनको शुक्रबार शिलान्यास गरेका छन् ।
    बिद्यालयको प्रागणमा आयोजित एक कार्यक्रमबीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन र वडा नं. १ अध्यक्ष चन्द्रशेखर चौधरीले संयुक्त रूपमा बिद्यालय भवनको शिलान्यास गरेका हुन् ।
    राष्ट्रिय योजना आयोगको कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिकाको साझेदारीमा संचालित  कुल १ करोड १८ लाख बराबरको लागतमा ४ कोठो भवन निर्माण हुन लागेको हो । 
    उक्त भवनको निर्माण गर्नका लागि ठेकेदार÷निर्माण ब्यवसाय भगत ग्रुप अफ कन्सट्रक्सन प्रालि काठमाण्डौले जिम्मा पाएको छ । भवन २०८० असार २० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको राजबिराज नगरपालिका योजना अधिकृत मनोज यादबले जानकारी दिए ।
    राष्ट्रिय योजना आयोग अन्तर्गत राजबिराज नगरपालिकाको वडा १ सहित ४, ९, १३ र १५ बिद्यालय भवन निर्माणका लागि ४ करोड ४४ लाख ८७ हजार दुई सय ३३ रूपैया २४ पैसाको लागतमा बिद्यालय भवन निर्माण हुन लागेको राजबिराज नगरपालिका ईन्जिनियर अशोक दासले बताए ।
    तत्कालिन पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव तथा राष्ट्रिय योजना आयोग सदस्य उमाशकर साहको पहलमा राजबिराज नगरपालिकाको विभिन्न बिद्यालयमा भवन निर्माण गर्न योजना स्वीकृत भएर निर्माण कार्य सुरू भएको योजना अधिकृत यादबले जानकारी दिए ।
    योजना अन्तर्गत राजदेवी माविमा १ करोड १८ लाखको ४ कोठा भवन, देउरी भरुवा स्कुलमा १ करोड १८ लाखको ४ कोठा भवन, देवकोटा स्कुलमा ७८ लाखको ४ कोठा, ६ केन्द्र स्कुलमा ७८ लाखको ४ कोठा भवन, बिसहरिया माविमा ७८ लाख को ४ कोठा भवन र मलेठ स्कुलमा ४८ लाख को दुइको कोठा भवन निर्माण गरिने योजना अधिकृत यादबले बताए ।
    राजबिराज नगरपालिकाको बिद्यालयमा कक्षा कोठा नहुदाँ बिद्यार्थीहरूलाई पठनपाठनमा समस्या हुने गरेकोले भवन निर्माणले ठुलो सहयोग पुगेको राजदेवी माविका प्रधानाध्यापक दिनेश प्रसाद यादबले बताए ।
    शिलान्यास कार्यक्रममा वडा सदस्य खेलानन्द यादब, शिवदत्त साह, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डम्वर नारायण यादब, समाजसेवी भन्नालाल यादब, सुकदेव यादब, इन्जिनियर अशोक दास लगायत संचारकर्मी, अभिभावकहरूको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी