सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद

राजविराज राजविराज
|
सोमबार, मंसिर ८, २०८२
|
|
२० पटक हेरिएको
Shares
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद

सारांश

  •     नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नका लागि भण्डारण गरि राखिएको अवस्थामा १ सय ३८ बोरा रसायनिक मल सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका ९ ईनर्वा चौकस्थित धमेन्द्र जैनको पुरानो राइस मिलको गोदामबाट प्रहरीले बरामद गरेको हो ।
  •       गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नं.
  • ६ गण हेड क्वाटर गोरगमा सप्तरी र इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको संयुक्त टोलीले उक्त गोदाम खानतलासी गर्दा प्रति बोरा ५० किलोको १ सय ३४ बोरा मल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।

    सहुलियत दरको रसायनिक मल कालोबजारी गर्न भण्डारण गरि राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । 
    नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नका लागि भण्डारण गरि राखिएको अवस्थामा १ सय ३८ बोरा रसायनिक मल सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका ९ ईनर्वा चौकस्थित धमेन्द्र जैनको पुरानो राइस मिलको गोदामबाट प्रहरीले बरामद गरेको हो ।  
    गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नं. ६ गण हेड क्वाटर गोरगमा सप्तरी र इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको संयुक्त टोलीले उक्त गोदाम खानतलासी गर्दा प्रति बोरा ५० किलोको १ सय ३४ बोरा मल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता डम्बर बहादुर पुरीका अनुसार सोही पालिका निवासी ४५ वर्षिय धर्मेन्द्र दासले सो गोदाम भाडामा लिई रसायनिक मल भण्डारण गरेको जनाउँदै उनको खोजतलास कार्य भईरहेको बताए ।
    यसअघि गत मंगलबार पनि सोही पालिका वडा नं. ३ पोर्ताहाबाट प्रहरीले ना.६ख.६२८४ नम्बरको ट्रकबाट ५० किलो तौल भएको १ सय ३० बोरा, ट्रकबाट अनलोड गरी जनता कृषि सहकारी संस्था लिमिटेडको गोदाममा राखेको १ सय १० बोरा जम्मा २ सय ४० बोरा मल र ट्रक सहित नियन्त्रमा लिएको थियो । प्रहरीले जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक स्थानिय ४५ बर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?