दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
श्रीमानको दिर्घजीवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित युवतीदेखी बृद्धासम्मले शुक्रबार बटसावित्री पर्व श्रद्धापूर्वक मनाएका छन् ।
बिहानैदेखि यो पर्व मनाउनेको सदरमुकाम राजविराजस्थित भगवती मन्दिर तथा नगरका आसपासका वरको रुखमूनी घुँइचो लागेको थियो ।
ब्रतालु महिलाले मन्दिर, घर र नजिकको बर रुखलाई रातो र पहेलो धागोले बेरेर स–विधी पूजापाठ गरि रुखलाई ढोकेर अशिर्वाद लिए । प्रत्येक वर्ष जेठ औंसीको दिन मनाइने यो पर्व आफ्ना श्रीमानको दिर्घजिवनका लागि मनाउने गरिन्छ ।
बरको रुखलाई मैथलीमा वर अर्थात दुताहा पनि भनिन्छ । मिथिला संस्कृतीमा श्रीमानलाई देउताका रुपमा पूजा गर्ने परम्परा पुरानो हो । त्यही मान्यता अनुसार वर्षको एक दिन श्रीमानको सम्मान वरको रुखले पाउछ । धर्मशास्त्रमा सावित्रिले आफ्नो मृत पति सत्यवानको पुर्नजिवनका लागि वरकै रुखको पूजा गरेकी थिइन् । पूजापछि सत्यावनले पुर्नजिवन प्राप्त गरेको पौराणिक मान्यता छ । त्यही मान्यता र विश्वासलाई मिथिलाका महिलाहरुले पालना गर्दै प्रत्येक वर्ष औंसीका दिन बट सावित्रि पर्व श्रद्धापूर्वक मनाउँदै आएका छन् ।
यता वट सावित्री पर्वको अवसर पारेर जिल्लाको तिरहुत गाउँपालिकाले मातहतका सामुदायिक विद्यालयहरुमा शुक्रवार सार्वजनिक विदा दिएको छ ।
शिक्षा शाखा प्रमुख धनेश्वर यादवद्वारा हस्ताक्षरित सुचनामा बट सावित्री पर्व मनाउन मातहतका सम्पुर्ण सामुदायिक विद्यालयलाई एक दिने सार्वजनिक विदा दिएको उल्लेख छ ।
बटसाबित्री पर्व मनाइए
सारांश
- बिहानैदेखि यो पर्व मनाउनेको सदरमुकाम राजविराजस्थित भगवती मन्दिर तथा नगरका आसपासका वरको रुखमूनी घुँइचो लागेको थियो ।
- ब्रतालु महिलाले मन्दिर, घर र नजिकको बर रुखलाई रातो र पहेलो धागोले बेरेर स–विधी पूजापाठ गरि रुखलाई ढोकेर अशिर्वाद लिए ।
- प्रत्येक वर्ष जेठ औंसीको दिन मनाइने यो पर्व आफ्ना श्रीमानको दिर्घजिवनका लागि मनाउने गरिन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया