दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
श्रीमानको दिर्घजीवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित युवतीदेखी बृद्धासम्मले शुक्रबार बटसावित्री पर्व श्रद्धापूर्वक मनाएका छन् ।
बिहानैदेखि यो पर्व मनाउनेको सदरमुकाम राजविराजस्थित भगवती मन्दिर तथा नगरका आसपासका वरको रुखमूनी घुँइचो लागेको थियो ।
ब्रतालु महिलाले मन्दिर, घर र नजिकको बर रुखलाई रातो र पहेलो धागोले बेरेर स–विधी पूजापाठ गरि रुखलाई ढोकेर अशिर्वाद लिए । प्रत्येक वर्ष जेठ औंसीको दिन मनाइने यो पर्व आफ्ना श्रीमानको दिर्घजिवनका लागि मनाउने गरिन्छ ।
बरको रुखलाई मैथलीमा वर अर्थात दुताहा पनि भनिन्छ । मिथिला संस्कृतीमा श्रीमानलाई देउताका रुपमा पूजा गर्ने परम्परा पुरानो हो । त्यही मान्यता अनुसार वर्षको एक दिन श्रीमानको सम्मान वरको रुखले पाउछ । धर्मशास्त्रमा सावित्रिले आफ्नो मृत पति सत्यवानको पुर्नजिवनका लागि वरकै रुखको पूजा गरेकी थिइन् । पूजापछि सत्यावनले पुर्नजिवन प्राप्त गरेको पौराणिक मान्यता छ । त्यही मान्यता र विश्वासलाई मिथिलाका महिलाहरुले पालना गर्दै प्रत्येक वर्ष औंसीका दिन बट सावित्रि पर्व श्रद्धापूर्वक मनाउँदै आएका छन् ।
यता वट सावित्री पर्वको अवसर पारेर जिल्लाको तिरहुत गाउँपालिकाले मातहतका सामुदायिक विद्यालयहरुमा शुक्रवार सार्वजनिक विदा दिएको छ ।
शिक्षा शाखा प्रमुख धनेश्वर यादवद्वारा हस्ताक्षरित सुचनामा बट सावित्री पर्व मनाउन मातहतका सम्पुर्ण सामुदायिक विद्यालयलाई एक दिने सार्वजनिक विदा दिएको उल्लेख छ ।
बटसाबित्री पर्व मनाइए
सारांश
- बिहानैदेखि यो पर्व मनाउनेको सदरमुकाम राजविराजस्थित भगवती मन्दिर तथा नगरका आसपासका वरको रुखमूनी घुँइचो लागेको थियो ।
- ब्रतालु महिलाले मन्दिर, घर र नजिकको बर रुखलाई रातो र पहेलो धागोले बेरेर स–विधी पूजापाठ गरि रुखलाई ढोकेर अशिर्वाद लिए ।
- प्रत्येक वर्ष जेठ औंसीको दिन मनाइने यो पर्व आफ्ना श्रीमानको दिर्घजिवनका लागि मनाउने गरिन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया