६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी

राजविराज राजविराज
|
मंगलबार, आषाढ ४, २०८१
|
|
७९ पटक हेरिएको
Shares
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी

सारांश

  •     पछिल्लो पटक आपूm काठमाडौं र श्रीमान जंगबहादुर भारतको गोरखपुर गएका बेला सोमबार राती चोरले एक लाख भन्दा बढीको सम्पती चोरेर लगेको आभा सेतु सिहले जानकारी दिएकी छिन ।
  •       उनी राष्ट्रिय महिला आयोगकी सदस्य हुन भने उनका श्रीमान अधिकारकर्मी एवं विश्वहिन्दु परिषद नेपाल मधेश प्रदेशका सचिव हुन ।
  •       घरमा छोरा एक्लै सुतिरहेका बेला चोरले ढोका फोडेर उनको मोवाईल, ९६ हजार रुपैया राखिएको पर्स, घडी लगायतका सरसामान गरी १ लाख बराबरको सम्पती लगेको आभा सेतु सिंहले जानकारी दिएकी छिन ।

दैनिक समाचारदाता
राजविराज, ४ असार । 

    राजविराज निवासी एक दम्पतीको घरमा ६ महिना भित्र तीन पटक चोरीको घटना भएका छन् । मानव अधिकारको क्षेत्रमा काम गर्ने राजविराज वडा नं. ९ निवासी जंगबहादुर सिह र आभा सेतु सिंहको घरमा यसरी ६ महिनाको अवधीमा तीन पटक चोरी भएको हो । 
    पछिल्लो पटक आपूm काठमाडौं र श्रीमान जंगबहादुर भारतको गोरखपुर गएका बेला सोमबार राती चोरले एक लाख भन्दा बढीको सम्पती चोरेर लगेको आभा सेतु सिहले जानकारी दिएकी छिन । 
    उनी राष्ट्रिय महिला आयोगकी सदस्य हुन भने उनका श्रीमान अधिकारकर्मी एवं विश्वहिन्दु परिषद नेपाल मधेश प्रदेशका सचिव हुन । 
    घरमा छोरा एक्लै सुतिरहेका बेला चोरले ढोका फोडेर उनको मोवाईल, ९६ हजार रुपैया राखिएको पर्स, घडी लगायतका सरसामान गरी १ लाख बराबरको सम्पती लगेको आभा सेतु सिंहले जानकारी दिएकी छिन । गर्मीका कारण छतमा सुतेका राजहंश ढोका फोडेको आवाज सुनेर तल झर्दा आफ्नै आँखा अगाडीबाट चोर भागेको र तत्कालै प्रहरीलाई जानकारी गराएको बताएका छन् । 
    सिंहको घरमा यस अघि २०८० साल पुष ६ गते १५ लाख बराबरको सम्पत्ति चोरी भएको थियो । त्यस्तै २०८१ साल बैशाख ३ गते २ लाख बराबरको धनमाल चोरी भएको थियो । पहिलो पटक चोरी हुँदा सिंह परिवार काम विशेषले काठमाडौंमा थिए । घरमा कोही नभएको मौका छोपी चोरले ठूलो धनमाल लगेका थिए । तर पछिल्लो २ पटक घरमा मान्छे हुदा हुँदै लाखौको चोरी भएको सिंह परिवारको भनाइ छ । 
    पटक पटक चोरी हुँदा पनि प्रहरीले चोर पत्ता लगाउन सकृयता नदेखाएको भन्दै सिंह परिवारले कसरी सुरक्षित रहने भन्ने चिन्ता बढाएको गुनासो समेत गरेका छन । यता पछिल्लो पटक सिंहको घरमा भएको चोरी घटनाबारे जानकारी आएको तथा सो अपराधमा संलग्न आपराधीको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी