उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास

राजविराज राजविराज
|
बिहिबार, पौष २६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास

सारांश

  •     उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बिहीबार एक कार्यक्रमबीच सो भवनको शिलान्यास गरेका हुन् ।
  •       उपप्रम यादवले अस्पतालमा एन.
  • आई.

दैनिक समाचारदाता
राजविराज, २६ पुस । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ३१ करोडको लागतमा नयाँ पक्की एन.आई.सियु भवन निर्माण हुने भएको छ । 
    उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बिहीबार एक कार्यक्रमबीच सो भवनको शिलान्यास गरेका हुन् । 
    उपप्रम यादवले अस्पतालमा एन.आई.सियु. सेवाको उद्घाटन पश्चात् राजविराज नगर क्षेत्रका विभिन्न सडकको शिलान्यास समेत गरे । 

    शिलान्यास गर्दै उपप्रम यादवले अस्पताल व्यवस्थित भएपछि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने मात्रै नभई स्थानियस्तरमा आर्थिक गतिविधि समेत बढने विश्वास व्यक्त गरे ।
    शहरी विकास मन्त्रालयको सहयोगमा ३१ करोड, ६ लाख, २० हजार १ सय ४७ (मुल्य अभिवृद्धि कर वाहेक) रुपैया लगानीमा अस्पतालको पुरानो संरचना भत्काई सुविधायुक्त नयाँ भवन बनाउन लागिएको अस्पालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । 
    तीन तल्ले अस्पतालको नयाँ भवनमा विभिन्न वार्ड, विभाग र चिकित्सक वस्ने क्वाटर सहित कुल ६६ वटा कोठाहरु रहने छन् । भुकम्प प्रतिरोधी हुने नयाँ भवन १५ असाढ २०७८ भित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने तयारी रहेको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख रमेश थिङले जानकारी दिए ।
    कार्यक्रममा सहरी विकास मन्त्री ईस्ताईक राईन, प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी लगायतले आवश्यक पुर्वाधार निर्माण र सर्वसधारणलाई भरपर्दो सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए । 
    यस्तै विहीवारै उपप्रम यादवले राजविराजमा प्रस्तावित रामराजा प्रसाद सिंह मेडिकल कलेज निर्माण स्थलको निरिक्षण समेत गरे । निरिक्षणकै क्रममा उनले रामराजा प्रसाद सिंह मेडिकल कलेजले स्थानिय क्षेत्रको मात्र नभई प्रदेश कै स्वास्थ्य क्षेत्रका लागि कोशे ढुंगा सावित हुने उल्लेख गरे ।
    प्रस्तावित मेडिकल कलेजका लागि राजविराज नगरपालिकाले वडा १० मा करिव ८६ विगहा जग्गा यस अघि नै उपलब्ध गराउने निर्णय गरिसकेको छ । स्वास्थ्य क्षेत्रमा वर्षैैदेखी पछाडी परेको सप्तरी स्वास्थ्य क्षेत्रको विकासका कारण काचुली फेर्ने भएपछि जिल्लावासीमा खुशीको माहोल छाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु
संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
महिला वडा सदस्यद्वारा वडा  अध्यक्षमाथी चप्पल प्रहार
महिला वडा सदस्यद्वारा वडा  अध्यक्षमाथी चप्पल प्रहार
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द