सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
११३ पटक हेरिएको
Shares
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि

सारांश

  • प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा शुक्रबार बिहान जारि सूचनामा बिहान ८ बजेदेखी राजविराज बजार क्षेत्रमा कर्फयु आदेश जारि गरेको जनाइएको छ ।
  • जारि सूचनामा जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुन जाने देखिएको हुँदा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले कर्फयु आदेश जारि गरिएको उल्लेख छ ।
  • राजबिराज नगरपालिका क्षेत्रका पूर्वखाडो खोलासम्म, पश्चिम हुलाकी राजमार्गको जमुनी थलही सम्म, उत्तर रुपनी रोडको बसविट्टी चौक सम्म र दक्षिण कोशी पश्चिम मुल नहरसम्म कर्फयु लगाइएको छ ।
दैनिक समाचारदाता
राजविराज, १५ साउन । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको दुई वटा नगरपालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि गरेको छ । जिल्लाको राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा कर्फयु आदेश जारि गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा शुक्रबार बिहान जारि सूचनामा बिहान ८ बजेदेखी राजविराज बजार क्षेत्रमा कर्फयु आदेश जारि गरेको जनाइएको छ ।
जारि सूचनामा जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुन जाने देखिएको हुँदा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले कर्फयु आदेश जारि गरिएको उल्लेख छ ।
राजबिराज नगरपालिका क्षेत्रका पूर्वखाडो खोलासम्म, पश्चिम हुलाकी राजमार्गको जमुनी थलही सम्म, उत्तर रुपनी रोडको बसविट्टी चौक सम्म र दक्षिण कोशी पश्चिम मुल नहरसम्म कर्फयु लगाइएको छ ।
यस्तै जिल्लाको बोदेबरसाइन नगरपालिकमा स्थानीय प्रशासनले बिहीबार राती १० बजेदेखी नै कर्फयु आदेश जारि गरिसकेको छ ।
बोदेबरसाईन नगरपालिकाको पूर्व हुलाकी राजमार्गको खड्क पुल, पश्चिम प्रितमपुर चौक, उत्तर नेगडा चौक र दक्षिण मानराजा चौकसम्म कर्फयु आदेश भएको प्रमुख जिल्ला अधिकारी थापाद्वारा जारि सूचनामा उल्लेख छ ।
यसैबीच सुनसरी र गोलबजार घटनाको बिरोधमा सप्तरीमा पनि विगत चार दिनदेखी भइरहेको प्रदर्शन पश्चात् बिहीबार राती हिन्दु सनातनी समाज सप्तरीले शुक्रबारदेखी सप्तरी जिल्ला बन्दको आह्वान गरेको छ ।
शुक्रबार बिहानदेखी कर्फयु लागेपछी राजविराज बजार क्षेत्रमा नेपाल प्रहरी तथा नेपाली सेनाले माइकिङ गर्दै सूचना दिइरहेको छ भने बजार क्षेत्र अहिले सुनसान देखिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना
शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना
किर्ते प्रकरणमा सिनियर डिभिजनल  इन्जिनियर गोईत पक्राउ
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित
क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?