अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ४, २०८०
|
|
७० पटक हेरिएको
Shares
अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 

सारांश

  •     अलपत्र परेको प्रतिष्ठानको निर्माण कार्य यथासिघ्र सुरु गर्नुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएको पदहरु पूर्ति गर्नुपर्ने, आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने लगायतका प्रमुख माग अघि सार्दै संघर्ष समितिको अगुवाइमा रिले अनसनलाई लामो समयदेखि निरन्तरता दिइँदै आएको थियो ।
  •       अनसनकारीको माग सम्बोधन गर्ने क्रममा सरकारले नौ दिनअघि मात्र प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा.
  • परशुराम मिश्रलाई नियुक्त गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 

    अनसनकारीसँग वार्ता र छलफल पश्चात् रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित निर्माणस्थलमा विगत १ सय २६ दिनदेखि जारी अनिश्चितकालीन रिले अनसन शुक्रबार तोडिएको छ । 
    अलपत्र परेको प्रतिष्ठानको निर्माण कार्य यथासिघ्र सुरु गर्नुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएको पदहरु पूर्ति गर्नुपर्ने, आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने लगायतका प्रमुख माग अघि सार्दै संघर्ष समितिको अगुवाइमा रिले अनसनलाई लामो समयदेखि निरन्तरता दिइँदै आएको थियो । 
    अनसनकारीको माग सम्बोधन गर्ने क्रममा सरकारले नौ दिनअघि मात्र प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा.परशुराम मिश्रलाई नियुक्त गरेको थियो । अघिल्लो दिन मात्र पदभार ग्रहण गरेका डा. मिश्र अनशन स्थलमा पुगि अनसनकारीसँग वार्ता र छलफल गरी अनसन तोडाएका हुन् । 
    सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको उपस्थितमा डा. मिश्रबाट केही दिनभित्रै प्रतिष्ठान निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता आएपछि अनसन तोडिएको संघर्ष समितिका संयोजक रामकुमार दासले बताए । उनले प्रतिबद्धता अनुसारको काम अघि नबढे पुन आन्दोलनमा उत्रिने जानकारी समेत गराएका थिए । 
    प्रतिष्ठानका अध्यक्ष डा.मिश्रले प्रतिष्ठानको काम अब छिट्टै अघि बढ्ने बताए । भर्खर जिम्मेवारी सम्हालेको छु, उनले भने, “अब निर्माण कार्य सुरु गर्न लागि परेका छौं ।” 
    शिलान्यास भएको ३१ महिना बितिसक्दा पनि प्रतिष्ठानको काम हालसम्म अघि बढ्न नसकेको भन्दै स्थानीयबासीद्वारा गठित संघर्ष समितिको अगुवाईमा गत २६ असोजदेखि रिले अनसन थालिएको थियो ।
    एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने सरकारको नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशको राजबिराजमा गणतन्त्रवादी नेता स्वर्गीय रामराजा प्रसाद सिंहको नाउँमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागि २०७८ जेठ २१ गते मन्त्रिपरिषदको बैठकले राजविराज नगरपालिका १० बिरोलमा ६२ बिघा जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको थियो । जग्गाको टुङ्गो लागेपछि २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठान भवन निर्माणको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । तर शिलान्यास गरेको ३१ महिना बितिसक्दा पनि निर्माण काम सुरु नभएपछि स्थानीयवासी आन्दोलनमा उत्रेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान
सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
काँग्रेस नेतृ साहको निधन 
काँग्रेस नेतृ साहको निधन 
अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन
अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
अग्निपीडितलाई आवास मिलाइदिन माग
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु