सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 

राजविराज राजविराज
|
बुधबार, श्रावण ८, २०७६
|
|
४४ पटक हेरिएको
Shares
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 

सारांश

  •     सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाडो खोलामा बिहान दाउरा संकलन गर्न गएका एक व्यक्ति खोलामै वेपत्ता भएका छन् ।
  • दाउरा संकलन गर्दै गर्दा अचानक खाडो खोलामा आएको बाढीले स्थानिय नसिर मियाँलाई बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ ।
  •     यस्तै जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित कोशी नदी छेउ पलारमा भैसी चराउन गएका स्थानिय बालेश्वर मुखियालाई नदीले बगाएको स्थानियहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज ८ साउन । 
    बुधबार बिहानैदेखी परेको अविरल वर्षाका कारण सप्तकोशी नदी र खाडो खोलमा आएको बाढीमा परि दुई जना वेपत्ता भएका छन् । 
    सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाडो खोलामा बिहान दाउरा संकलन गर्न गएका एक व्यक्ति खोलामै वेपत्ता भएका छन् । दाउरा संकलन गर्दै गर्दा अचानक खाडो खोलामा आएको बाढीले स्थानिय नसिर मियाँलाई बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ ।

    यस्तै जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित कोशी नदी छेउ पलारमा भैसी चराउन गएका स्थानिय बालेश्वर मुखियालाई नदीले बगाएको स्थानियहरुले बताएका छन् । मुखिया भैसी चराउन नदी छेउमा गएको बेला बाढीले उनीसहित भैसीसमेतलाई बगाएर वेपत्ता बनाएको उनीहरुको भनाई छ । 

    तर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले एक व्यक्ति भैसी चराउन कोशी नद्यी छेउ पलारतर्फ गएको सूचना आएको तर, उनी घर नफर्किएको जानकारी आए लगत्तै सो घटनाबारे यथार्त बुझ्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । 
    यता बुधबार बिहानैदेखी परेको अविरल वर्षाका सप्तरीको विभिन्न नदी, खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सप्तकोशी, खाडो, महुँली, जिता, त्रियुगा, खड्कलगायतका नदी, खोलाहरुमा पानीको बहाव उच्च रहेको छ । 

    यसैबीच खाडो नदीमा आएको बाढीका कारण जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका कार्यालय डुवानमा परेको छ । सो गाउँपालिकाको अधिकांश घर डुवानमा परेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । अधिकांश घरमा दुईदेखी तिन फिटसम्म पानी पसेको उनले जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?