दैनिक समाचारदाता
सिरहा, १३ बैशाख ।
प्रदेश २ को सिरहा जिल्लाको लहानमा शुक्रबारदेखी संघीय समाजवादी फोरम नेपालको मधेश प्रदेश समितिको अधिवेशन सुरु भएको छ ।
अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री एवं पार्टी उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय यादव, मन्त्री ज्ञानेन्द्र कुमार यादव, विजय यादव र शैलेन्द्र साहसहित प्रदेश पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको छ ।
उद्घाटन सत्रमा नेता तथा पदाधिकारीहरूले सबैले पार्टीलाई प्रदेशको प्रमुख शक्तिका रुपमा स्थापित गर्न आ–आफ्नो तर्फबाट इमान्दार भएर अघि बढनुपर्ने कुरामा जोड दिएका छन् ।
प्रदेश समितिको नयाँ नेतृत्वका लागि अध्यक्षका लागि वर्तमान अध्यक्ष समेत रहेकी उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री राउत, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेश सचिव शेषनारायण यादव, केन्द्रिय सदस्यहरू महाजन यादव, हरिनारायण यादव लगायत उम्मेदवार रहेका छन् ।
यता उपाध्यक्ष यादव र मुख्यमन्त्री राउतले अध्यक्ष बन्ने चाहना राखेका छन् । अध्यक्षका उम्मेदवारमध्ये केहिले चुनावमै जाने तयारी समेत गरेकाले सहमतिको सम्भावना देखिएको छैन । अधिकांश जिल्लामा समन्वय समिति नेतृत्वका लागि चुनाव भएकोले प्रदेशमा पनि चुनाव नै हुने सम्भावना प्रदेश प्रतिनिधिहरुको भनाई छ ।
पार्टीको नयाँ संशोधित विधानमा केन्द्रिय पदाधिकारी भन्दा प्रदेश अध्यक्ष बढी शक्तिशाली हुने प्रावधान राखिएपछि आकर्षण बढेको फोरम श्रोतले जनाएको छ । प्रदेश २ मा फोरमको सरकार रहेको कारण पनि अध्यक्ष पदका लागि बढी इच्छुक देखिएको छ ।
प्रदेश समितिको बिहीवार बसेको बैठकले मुख्य सचिव, कोषाध्यक्ष लगायतको प्रतिवेदनलाई पारित गर्दै प्रदेश अधिवेशनका लागि ३२ जना सदस्य मनोनित गर्ने निर्णय गरेको थियो ।
त्यसमध्ये आठवटै जिल्लाबाट जिल्ला समन्वय समितिको सिफारिसमा ३÷३ जना र ८ जना प्रदेश समितिले चयन गर्ने बताइएको छ । प्रदेश अधिवेशनमा झण्डै ५ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । प्रदेशका ८ जिल्लामध्ये सिरहा बाहेक ७ वटामा समन्वय समिति गठन भइसकेको छ ।
फोरम नेपालको मधेश प्रदेश समितिको अधिवेशन सुरु
सारांश
- अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री एवं पार्टी उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय यादव, मन्त्री ज्ञानेन्द्र कुमार यादव, विजय यादव र शैलेन्द्र साहसहित प्रदेश पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको छ ।
- उद्घाटन सत्रमा नेता तथा पदाधिकारीहरूले सबैले पार्टीलाई प्रदेशको प्रमुख शक्तिका रुपमा स्थापित गर्न आ–आफ्नो तर्फबाट इमान्दार भएर अघि बढनुपर्ने कुरामा जोड दिएका छन् ।
- प्रदेश समितिको नयाँ नेतृत्वका लागि अध्यक्षका लागि वर्तमान अध्यक्ष समेत रहेकी उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री राउत, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेश सचिव शेषनारायण यादव, केन्द्रिय सदस्यहरू महाजन यादव, हरिनारायण यादव लगायत उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया