पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन

राजविराज राजविराज
|
आइतबार, चैत्र १७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन

सारांश

  •     पत्रकारहरुको बिरोध जुलुस नगर परिक्रमा पश्चात स्थानीय जनआन्दोलन चौकमा पुगि बिरोधसभामा परिणत भएको थियो ।
  • सभामा वक्ताहरुले घटनाको सत्यतथ्य छानबिन, दोषिलाई कारवाही, पत्रकार रजकलाई न्याय तथा उनका परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।
  •       बिरोध प्रदर्शनमा पत्रकार महासंघका वर्तमान सभापति श्रवण देवका साथै पूर्व अध्यक्षहरु बैजनाथ झा, धिरेन्द्र साह, प्रेस काउन्सीका पूर्व सदस्य अनिलकुमार अनल तथा संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    राजविराज÷काठमाडौंको तिनकुनेमा शुक्रवार समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर मार्ने उपर तथा संचारगृहमा गरिएको आगजनी तथा तोडफोडको बिरोधमा कारवाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले शनिवार राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।
    पत्रकार राउतको हत्यारालाई कारबाही गर, अराजकता बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, संचारगृहमा आक्रमण बन्द गर लगायतका प्लेकार्ड व्यानर बोकेर सप्तरीका पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन् ।
    नेपाल पत्रकार महासंघ सप्तरीबाट निकालिएको विरोध ¥याली राजविराजको विभिन्न भाग परिक्रमा गर्दै नेता चौकमा पुगेर बिरोधसभामा परिणत भएको थियो । 
    पत्रकारहरुको बिरोध जुलुस नगर परिक्रमा पश्चात स्थानीय जनआन्दोलन चौकमा पुगि बिरोधसभामा परिणत भएको थियो । सभामा वक्ताहरुले घटनाको सत्यतथ्य छानबिन, दोषिलाई कारवाही, पत्रकार रजकलाई न्याय तथा उनका परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने माग गरेका थिए । 
    बिरोध प्रदर्शनमा पत्रकार महासंघका वर्तमान सभापति श्रवण देवका साथै पूर्व अध्यक्षहरु बैजनाथ झा, धिरेन्द्र साह, प्रेस काउन्सीका पूर्व सदस्य अनिलकुमार अनल तथा संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
    काठमाडौंमा भएको उक्त घटनापछी शनिबार स्थापना दिवसको अवसरमा आयोजन ागर्ने भनिएको प्रभातफेरी तथा स्वास्थय परिक्षण लगायतका कार्यक्रम समेत स्थगित गरिएको पत्रकार महासंघ शाखाले जनाएको छ । 
    एभिन्यूज टेलिभिजनमा फोटो पत्रकारको रुपमा कार्यरत राजकलाई समाचार संकलनको क्रममा आन्दोलनकारीहरुले घरमा ढोका थुनेर बाहिरबाट आगो लगाई जिउँदै जलाएर मारेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले नेतृ झा र आदिवासी जनजातिका  अध्यक्ष प्रधान जसपामा प्रवेश
एमाले नेतृ झा र आदिवासी जनजातिका  अध्यक्ष प्रधान जसपामा प्रवेश
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
सामाजिक सद्भाव कायम राख्न आग्रह    
सामाजिक सद्भाव कायम राख्न आग्रह    
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
लोपोन्मुख माछा कोशीमा भेटियो    
लोपोन्मुख माछा कोशीमा भेटियो    
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन 
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन 
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित