डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं

राजविराज राजविराज
|
शनिबार, चैत्र ८, २०७६
|
|
३१ पटक हेरिएको
Shares
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं

सारांश

  •     स्थानीय सरकार,प्रदेश सरकारहरुले पनि नेपाल सरकारको मुख हेरी बस्नु पर्ने अवस्था नरहेको सन्दर्भमा साधन श्रोत लगायत अन्य रोकथामको विधिहरुलाई प्रचारमुखी बनाई जनमानस समक्ष जनचेतनाको अभियानलाई तिब्रतामा परिणत गर्नुपर्र्छ ।
  • यसै सन्दर्भमा सप्तरी जिल्लाका नगरपालिका÷गाउँपालिका हाता भित्र उडिरहेका धुलाहरुलाई तथा बिहानपख सरसफाईमा खटिएका कर्मचारीहरुलाई अझै व्यवस्थित र सरसफाई अभियानमुखी बनाउनुपर्छ ।
  • नगरपालिका तथा गाउँपालिकाहरुले सरसफाई लगायत जनचेतनामूलक अभियानहरुलाई सक्रियताको साथ अगाडि बढाउनुपर्ने देखिएको सन्दर्भमा जति सक्रियता अभियान नगरपालिका र गाउँपालिकामा हुनुपर्छ, त्यति सक्रियताकोअभियान संचालन हुन कमिकमजोरी देखिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिहरुले नेपाल सरकारको अभियानहरु जस्तै आफुहरुलाई मत दिई जनप्रतिनिधि बनाएको जनताहरुलाई यस्ता महामारीहरुबाट बच्न तथा बचाउनका लागि नैतिकताको रुपमा सक्रियताको साथ पइलाहरु चाल्नु पर्ने अवस्थाको सिर्जना गर्नुपर्छ ।

अमरनाथ मण्डल
    नेपाल र नेपालीको आराध्य देव पशुपतिनाथको आर्शिवादले अहिलेसम्म हामी नेपाली बीच एक जनापनि कोरोना भाइरसबाट संक्रमण नभएको देखिएको छ । काठमाडौं स्थित सरुवा रोग नियन्त्रण अस्पतालमा देशको विभिन्न जिल्लाबाट शंकास्पद रोगीहरुको रगत परिक्षण गर्दा शुक्रवारसम्म सबै रगत परिक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएको सुभ संकेत रहेको छ । विश्व कोरोना भाइरसको  महामारीको चपेटमा रहेको सन्दर्भमा चिन र भारतको बिचमा हामी नेपालीहरुमा अहिले सम्म आजको मितिसम्म सुरक्षित छौ । 
    मनलाई शान्त पारी नडराई सावधानीपूर्वक सचेत नागरिकको परिचय दिई कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि भिडभाडमा नजाऊ साथै नियमित रुपमा सफासुघरको बानी बसाली साबुन पानीले हात धोऔं, नियमित मास्क लगाऔं, रुघाखोकी तथा ज्वरो जस्ता लक्षणहरु आउने बितिकै स्वास्थ्यकर्मीसँग सल्लाह गरी औषधीको सेवन गरौ, घर, नगर, गाउँहरुमा सरसफाईको अभियान चलाऔं लगायतको सावधानीहरु अपनाए पछि हामी सुरक्षित अवस्थामा पुग्ने सक्नेछौ । विश्वको मानचित्रमा हेर्दा खेरी हरेक विकाशील देशहरुमा साधन सुविधाले परिपूरक रहेको अवस्थामा पनि संक्रमणबाट कोरोना भाइरसलाई रोक्न नसकेको उदाहरणहरु हामी सञ्चार माध्यमहरुबाट थाहा पाइरहेका छौ । तसर्थ हामी स्वभावशाली रहेको सन्दर्भमा अहिलेसम्म हाम्रो देशमा संक्रमणको प्रकोप नदेखिएको छ भने नदेखिएको अवस्थामा असावधानी रहनु, हेलचक्रायाई गर्नु लगायतका घातक विचारहरुलाई विसर्जन गरी हामी सचेत नागरिकको रुपमा हामी मात्रै होइन अरुलाईपनि सचेत र सावधानी अपनाउनु एउटा अभियानको रुपमा संचालन गर्नुपर्ने आवश्यकता देखिन्छ । 
    स्थानीय सरकार,प्रदेश सरकारहरुले पनि नेपाल सरकारको मुख हेरी बस्नु पर्ने अवस्था नरहेको सन्दर्भमा साधन श्रोत लगायत अन्य रोकथामको विधिहरुलाई प्रचारमुखी बनाई जनमानस समक्ष जनचेतनाको अभियानलाई तिब्रतामा परिणत गर्नुपर्र्छ । यसै सन्दर्भमा सप्तरी जिल्लाका नगरपालिका÷गाउँपालिका हाता भित्र उडिरहेका धुलाहरुलाई तथा बिहानपख सरसफाईमा खटिएका कर्मचारीहरुलाई अझै व्यवस्थित र सरसफाई अभियानमुखी बनाउनुपर्छ । नगरपालिका तथा गाउँपालिकाहरुले सरसफाई लगायत जनचेतनामूलक अभियानहरुलाई सक्रियताको साथ अगाडि बढाउनुपर्ने देखिएको सन्दर्भमा जति सक्रियता अभियान नगरपालिका र गाउँपालिकामा हुनुपर्छ, त्यति सक्रियताकोअभियान संचालन हुन कमिकमजोरी देखिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिहरुले नेपाल सरकारको अभियानहरु जस्तै आफुहरुलाई मत दिई जनप्रतिनिधि बनाएको जनताहरुलाई यस्ता महामारीहरुबाट बच्न तथा बचाउनका लागि नैतिकताको रुपमा सक्रियताको साथ पइलाहरु चाल्नु पर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । 
    त्यस्तै कोरोना भाइरसको हल्लाले विभिन्न किसिमका दैनिक उपभोग वस्तुहरुको अभाव हुन नदिन तथा सर्वसधारणहरुलाई सहज र सरल तरिकाबाट आवश्यक दैनिक उपभोगका वस्तुहरु उचित मूल्यमा सहज तरिकाबाट उपलब्ध गराउन अनुगमन र निरिक्षण गर्नेहरुको टोलीहरु बनाई दैनिक रुपमा अनुगमण र निरिक्षण गर्नुपर्ने टिमहरु नगरपालिका तथा गाउँपालिकाहरुले अभिलम्ब गठन गरी कार्यदिशा तिर उन्मुख गर्नुपर्ने छ । त्यस्तै अस्पताल, स्वास्थ्य चौकीहरु, स्वास्थ्य उपचौकीहरु, जिल्लामा रहेका प्राविधिक टोलीहरुलाई चुस्तदुरुस्त तथा सक्रिय रुपमा जुनसुकै बेला यस्ता भाइरसका जोखिमबाट रोकथामको लागि सक्रिय भूमिका खेल्नु पर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । नेपाल मात्र होइन हाम्रा छिमेकी राष्ट्र भारतमा देखाइरहेका रोकथामहरुको सक्रियताहरुलाई अनुसरण गरी अहिले नगरपालिका, गाउँपालिका, प्रदेश सरकारहरुले विकाशीय बजेटहरुमा छुट्याइएका रकमहरुलाई रोकथाम तथा सचेतना, सरसफाई लगायत अस्पताल र स्वास्थ्य प्राविधिकहरुको टोलीमा खर्च गर्नुपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । 
    समाजिक सञ्जालहरुमा हल्ला फैलाई केही विचौलिया तथा कालाबजारी गर्नेहरुले रजाई गर्न खोजेको भ्रमहरुलाई सहज रुपमा बुझी आधिकारीक रुपमा मात्र नेपाल सरकारले गरेको सूचनाहरुलाई आधार मानी समाजमा जनचेतना जगाउनु पर्ने देखिन्छ । औषधि पसलहरुमा आवश्यक औषधीहरुको व्यवस्था मिलाउनका लागि औषधि पसलेहरुलाई नगरपालिका÷गाउँपालिका तथा स्थानीय प्रशासनले आवश्यक निर्देशन दिनुपर्छ । त्यस्तै मास्कको कालाबजारीलाई रोकथाम गरी सहज रुपमा सरकारी तथा गैर सरकारी संस्थाहरुले ग्रामिण स्तरहरुमा पनि मास्क लगाउनु पर्ने जनचेतना फैलाई सर्वसाधारणहरुलाई अभियानको रुपमा गैरसरकारी संघ संस्थाहरुले मास्क वितरण गर्नुपर्ने दायित्व र कर्तव्यको शंकटकालमा निर्वाह गर्नुपर्छ । त्यस्तै चिकित्सा क्षेत्रमा संलग्न रहेका चिकित्सकहरुले नियमित अस्पतालहरुमा सेवा दिई क्लिनिकमुखी नबनिदिन हुन स्थानीय जनप्रतिनिधिहरुले पहल संचालन गर्नुपर्छ । 
    अहिले चिया पसल, पान पसल तथा बजारका अधिकांश खाजा पसलहरुमा अव्यवस्थितपनलाई व्यवस्थित तुल्याई स्वच्छ र ताजा खाना र खाजाहरु बिक्री वितरण गरिदिन हुन अनुरोध गर्दै नियमित रुपमा खाद्यपदार्थहरुको अनुगमण र निरिक्षणलाई तिब्रताको साथ सक्रिय रुपमा बढाउनुपर्ने सम्बन्धित निकायहरुले आवश्यक पहलको संचालन गर्नुपर्छ । एक व्यक्ति, एक सचेत आवधारणको साथ कोरोना भाइरसको बारेमा एक व्यक्तिले अर्का व्यक्तिलाई साकारात्मक सन्देश दिई सरसफाई चेतनामूलक कार्यहरु तथा कोरोना भाइरसको जोखिमबाट कसरी बच्ने जस्ता उपायहरु एकअर्का बीचमा साटो पाटो गर्न अवस्थाको सिर्जना गर्नुपर्छ । यातायात साधनहरुमा भिड नलगाउन, सिट भएका मात्र यात्रुहरुलाई सिटभन्दा बढि यात्रु ओसारपोसार नगर्न, नगर तथा जिल्लामा रहेका ट्राफिक टोलीहरुले सक्रिय भूमिका खेल्नुपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । 
    कोरोना भाइरसको महामारीबाट बच्न र बचाउनकालागि आफुबाट नै सचेतनाको अभियानलाई सुरुवात गरी जनमानसमा सचेत भावनाको मनसायलाई तदरुपताको साथ एक अर्काको सहयोग भावना राखी स्वार्दपूर्ण वातावरणको निर्माण गरी संकटको बेला मानविय सभ्यताको परिचय दिई हामी अहिलेसम्म प्रवेश नगरेका नेपालमा कोरोना भाइरसलाई सधैका लागि प्रवेश हुनबाट निषेध गरौं । साथै छिमेकी मुलुक भारतमा देखिएको कोरोना भाइरसको प्रकोपको कारणले गर्दा भारतसँग हाम्रो वैवाहिक, वैचारिक तथा भाइ भारदारको सम्बन्ध रहेकोले अहिले कुनै पनि उत्सव पर्व, वर्त बन्धनहरुमा भारतबाट पाहुनाहरुलाई नेपालमा नबोलाउन आग्रह समेत सर्वसाधारणहरुमा गर्नुपर्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि
विगत ३३ दिनदेखि मिटरब्याजी  बिरुद्धको आन्दोलनलाई निरन्तरता 
विगत ३३ दिनदेखि मिटरब्याजी  बिरुद्धको आन्दोलनलाई निरन्तरता 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित