जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न

राजविराज राजविराज
|
शुक्रबार, माघ १०, २०७६
|
|
७१ पटक हेरिएको
Shares
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न

सारांश

  •     संस्थाका जेष्ठ शेयर सदस्य हरेकृष्ण प्रसाद सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित संचालक समिति सदस्य तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक तथा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक विष्णु पराजुलीले पदस्थापना तथा सपथ ग्रहण गराएका थिए ।
  •     संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा अधिवक्ता रामकुमार यादव, आइडिएल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आस, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतका वक्ताहरुले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
  •       सोही कार्यक्रममा दुई दर्जन बढी नयाँ व्यक्तिहरु संस्थाको शेयर सदस्य बनेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० माघ ।
    जन ज्योती कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठको नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार एक कार्यक्रमबीच पदस्थापना तथा सपथग्रहण गरेका छन् । 
    संस्थाका जेष्ठ शेयर सदस्य हरेकृष्ण प्रसाद सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित संचालक समिति सदस्य तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक तथा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक विष्णु पराजुलीले पदस्थापना तथा सपथ ग्रहण गराएका थिए ।
    संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा अधिवक्ता रामकुमार यादव, आइडिएल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आस, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतका वक्ताहरुले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । 
    सोही कार्यक्रममा दुई दर्जन बढी नयाँ व्यक्तिहरु संस्थाको शेयर सदस्य बनेका छन् । संस्थाले कृषि क्षेत्रलाई आधार मानी उत्पादनमूलक कार्य समेतमा लगानी गर्दै आएको छ । हाल संस्था औद्योगिकरणतर्फ उन्मूख भइरहेको कस्छ । संस्थाले चालु आ.ब.बाट चामल उत्पादन गर्ने उद्योग समेत संचालनमा ल्याएको छ । 
    यसअघि पुस १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट विश्वनाथ मण्डलको नेतृत्वमा चार वर्षका लागि ७ सदस्यीय कार्य समिति चयन गरिएको छ भने बलराम यादवको नेतृत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
एसईईमा निजि विद्यालयहरुलाई पनि केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने माग 
एसईईमा निजि विद्यालयहरुलाई पनि केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने माग 
वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 
एक दशकको राजनीतिक यात्रामा मुख्यमन्त्री बन्न सफल  
एक दशकको राजनीतिक यात्रामा मुख्यमन्त्री बन्न सफल  
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
जसपा मधेश प्रदेश बौद्धिक पेशाकर्मी  संगठनको संयोजकमा खड्गा
जसपा मधेश प्रदेश बौद्धिक पेशाकर्मी  संगठनको संयोजकमा खड्गा