जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न

राजविराज राजविराज
|
शुक्रबार, माघ १०, २०७६
|
|
५१ पटक हेरिएको
Shares
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न

सारांश

  •     संस्थाका जेष्ठ शेयर सदस्य हरेकृष्ण प्रसाद सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित संचालक समिति सदस्य तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक तथा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक विष्णु पराजुलीले पदस्थापना तथा सपथ ग्रहण गराएका थिए ।
  •     संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा अधिवक्ता रामकुमार यादव, आइडिएल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आस, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतका वक्ताहरुले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
  •       सोही कार्यक्रममा दुई दर्जन बढी नयाँ व्यक्तिहरु संस्थाको शेयर सदस्य बनेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० माघ ।
    जन ज्योती कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठको नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार एक कार्यक्रमबीच पदस्थापना तथा सपथग्रहण गरेका छन् । 
    संस्थाका जेष्ठ शेयर सदस्य हरेकृष्ण प्रसाद सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित संचालक समिति सदस्य तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक तथा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक विष्णु पराजुलीले पदस्थापना तथा सपथ ग्रहण गराएका थिए ।
    संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा अधिवक्ता रामकुमार यादव, आइडिएल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आस, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतका वक्ताहरुले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । 
    सोही कार्यक्रममा दुई दर्जन बढी नयाँ व्यक्तिहरु संस्थाको शेयर सदस्य बनेका छन् । संस्थाले कृषि क्षेत्रलाई आधार मानी उत्पादनमूलक कार्य समेतमा लगानी गर्दै आएको छ । हाल संस्था औद्योगिकरणतर्फ उन्मूख भइरहेको कस्छ । संस्थाले चालु आ.ब.बाट चामल उत्पादन गर्ने उद्योग समेत संचालनमा ल्याएको छ । 
    यसअघि पुस १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट विश्वनाथ मण्डलको नेतृत्वमा चार वर्षका लागि ७ सदस्यीय कार्य समिति चयन गरिएको छ भने बलराम यादवको नेतृत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण
कालापानी सधैं चुनावी एजेन्डा नबनोस्
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
सबै जुटे सरसफाईमा
सबै जुटे सरसफाईमा
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार