दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
सम्झौतामा उल्लेखित रकमभन्दा बढी सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको भन्दै एक एजेन्सीलाई विज्ञापन बोर्डले कारवाही गरेको छ ।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता निशानराज गौतमले सोमबार एक विज्ञप्ति जारि गरि काठमाडौंस्थित अनामनगरका कोकिल मिडिया एजेन्सीलाई कारवाही गरिएको जनाएको छन् ।
विज्ञप्तिमा दश हजार रुपैया जरिबाना र २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का गर्ने निर्णय समेत गरेको उल्लेख छ ।
नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चायर केन्द्र, टेकु, काठमाडौँसंग उक्त एजेन्सीले मिति २०८०÷०६÷१२ मा गरेको सम्झौतामा उल्लेखित रकम भन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले उक्त जरिबाना गरिएको जारि विज्ञप्तिमा जनाइएको छ । उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारण वापत प्रति स्पट रु.१०६।६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट रु.११।११ मा प्रसारण आदेश दिई प्रति स्पट रु.९८।५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारवाहीको निर्णय गरेको हो ।
यस्तै विज्ञप्तिमा उक्त एजेन्सीले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नु पर्नेमा २० वटा एफएम रेडियोमा मात्र विज्ञापन प्रसारणको आदेश दिएको पाईएकोले बोर्डको २०८० साल माघ १९ गते बसेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ (पहिलो संशोधनसमेत) को नियम ११ ख को उपनियम (१)बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्को राख्ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको जनाइएको छ ।
बोर्डले २०८१ साल असार मसान्त सम्म कोकिल मिडियासंग कुनैपनि प्रकारको विज्ञापन कारोवार नगर्न नगराउनु हुन सबै विज्ञापनदाता तथा सञ्चार माध्यममा अनुरोध समेत गरेको छ ।
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
सारांश
- बोर्डका प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता निशानराज गौतमले सोमबार एक विज्ञप्ति जारि गरि काठमाडौंस्थित अनामनगरका कोकिल मिडिया एजेन्सीलाई कारवाही गरिएको जनाएको छन् ।
- विज्ञप्तिमा दश हजार रुपैया जरिबाना र २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का गर्ने निर्णय समेत गरेको उल्लेख छ ।
- नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चायर केन्द्र, टेकु, काठमाडौँसंग उक्त एजेन्सीले मिति २०८०÷०६÷१२ मा गरेको सम्झौतामा उल्लेखित रकम भन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले उक्त जरिबाना गरिएको जारि विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया