दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा पाँच वर्षको अवधीमा पहिलो पटक नगर स्तरिय प्रथम राष्ट्रपति रनिङ शिलड तथा माध्यमिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता बिहीबारदेखी सुरु भएको छ ।
भारदहस्थित विपि स्मारक पब्लिक माधयमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि प्रदेशसभा सदस्य मो. सकिल तथा नगर प्रमुख बिरेन्द्र माझीले ब्यानर अनावरण गरेर उद्घाटन गरे ।
विद्यालय विद्यालयबीच भावनात्मक सम्बन्धको विकास तथा विद्यालयस्तरबाट विभिन्न खेलका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पल्ट नगरमा उक्त प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख बिरेन्द्र माझीले बताए । उनले राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि नगरपालिकाको साधन श्रोतले भ्याएसम्म लगानी गर्ने प्रतिबद्धता पनि जनाए ।
नगरका इष्टर्न ज्योती सेकेन्ड्री स्कुल, शिशु कल्याण विद्या मन्दिर, कंकालिनी माध्यमिक विद्यालय, महाविर माध्यमिक विद्यालय, सप्तकोशी सेकेन्ड्री स्कुल, मधवापुर माध्यमिक विद्यालय, रम्पुरा माधयमिक विद्यालय र विपि स्मारक पब्लिक माध्यमिक विद्यालय गरि ८ विद्यालयका झण्डै ७ सय ५० खेलाडी प्रतियोगितामा सहभागि छन् ।
उद्घाटन समारोहमा सहभागि प्रमुख अतिथि तथा अतिथिहरु ४ सय मिटरको दौडमा समेत सहभागि भई खेलको रोचक ढंगले शुभारम्भ गरेका छन् । १७ जना सहभागि उक्त ४ सय मिटरको दौडमा नगरपालिकाका शिक्षा अधिकृत हरिनारायण साह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझी, वडा अध्यक्ष राकेश ठाकुर र प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार क्रमशः प्रथम, द्वतिय, तितृय र चतुर्थ भए ।
प्रतियोगिता शुक्रबारसम्म चल्ने छ । प्रतियोगितामा एथलेटिक्स र कबडीका खेलहरु हुनेछन् । नगरप्रमुख माझीको अध्यक्षतमा आयोजित उद्घाटन समारोहमा उपप्रमुख सरिता यादव, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, इष्टर्न ज्योती सेकेन्ड्री स्कुलका संस्थापक प्रिन्सिपल थानेश्वर साह, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि शुभकामना दिएका थिए ।
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
सारांश
- भारदहस्थित विपि स्मारक पब्लिक माधयमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
- हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि प्रदेशसभा सदस्य मो.
- सकिल तथा नगर प्रमुख बिरेन्द्र माझीले ब्यानर अनावरण गरेर उद्घाटन गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया